सिन्धुलीमा सरकारी कार्यालयका “गुनासो पेटिका” प्रयोग विहीन

राधिका बुढाथोकी २०७६ साउन ३० गते बिहीवार सिन्धुली

 

सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा राखिएको गुनासो पेटिका रित्तो छ । कन्दमुल तरकारी विकास केन्द्र,कृषि ज्ञान केन्द्र,शसस्त्र प्रहरी कार्यालयमा पनि गुनासो तथा सुझाव पेटिका देख्न सकिन्छ । तर जिल्लामा सरकारले व्यवस्था गरेको गुनासो पेटिका सरकारी कार्यालयमा नै प्रयोग विहीन छन् ।

 

बर्षौ देखि पेटिका खाँली हुने गरेपछि सरकारी कार्यालयले गुनासो पेटिका खोल्न समेत छोडेपछि ति पेटिकामा माकुराको जालैजालो देख्न सकिन्छ । नागरिकको बढी चाप र प्रशासनिक काम हुने जिल्ला प्रशासन कार्यालयको नयाँ बनेको भवनमा पनि पुरानो शैलीबाट सुझाव पेटिका राखिए पनि कुनै सुझाव तथा गुनासो नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनले भने,“पेटिकामा गुनासो आउँदैन् । कार्यालय र कुनै कर्मचारीसँग सम्बन्धित गुनासो भए सेवाग्राही सिधैँ हाम्रो कक्षमा आउँछन् । कतिले त फोनमा नै पनि गुनासो तथा सुझाव दिने गरेका छन् ।”

 

सरकारी कार्यालयका प्रमुख तथा सम्बन्धित शाखाका संयोजक,कर्मचारीहरुसँग प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई उनिहरुसँग सम्बन्धित गुनासो, समस्या, सुझाव सजिलो तरिकाले राख्नका लागि व्यवस्थापन गरिएका यस्ता पेटिका प्रयोगमा आउन सकेका छैनन् । विभिन्न सामाजिक संजाल मार्फत पनि सुझाव तथा गुनासो आउँछन् । प्रमुख जिल्ला अधिकारी गौतमले थप्दै भने,“नयाँ सूचना प्रवधिको विकास सँगै अब त सामाजिक सञ्जाल मार्फत गुनासो पोख्ने र विरोध गर्ने प्रचलन बढीरहेको छ ।”

 

जिल्लामा सूचना प्रविधिको विकाससँगै गुनासो र सुझाव संकलन हुने माध्यममा पनि परिर्वतन भएको छ । प्रायजसो सबै सरकारी कार्यालयमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोग विहीन भएपछि पछिल्लो समय निर्माण भएका कतिपय सरकारी भवन कार्यालयहरुमा त गुनासो तथा सुझाव पेटिका नै राखिन छोडिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहका अनुसार प्रहरी कार्यालय सिन्धुलीमा गुनासो तथा सुझाव पेटिका राखिएको छैन् । सरकारी कार्यालयले नागरिक बडापत्र तथा अन्य सबै प्रगति विवरण वेबसाइटमा राख्ने गरेको, कार्यालय प्रमुख तथा सम्बन्धित शाखाको संयोजकलाई भेटेर,फोन गरेर,सामाजिक संजाल मार्फत पनि गुनासो र उजुरी दिईने भएकाले कार्यालयमाा पेटिका राखिरहन आवश्यक नदेखिएको उपरिक्षक सिंहले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top