शाह आईरन स्टोर चोरी

राधिका बुढाथोकी २०७६ साउन २९ गते बुधवार सिन्धुली

 

सिन्धुलीको कमलामाई नगरपालिका ६ रातामाटा स्थित शाह आईरन स्टोर चोरी भएको छ । आज विहान २ बजे स्टोर चोरी भएको शाह आईरल स्टोरका संचालक सिकन्दर शाहले बताए ।

 

 

उनका अनुसार स्टोरमा राखिएको नगद ४३ हजार आईसी र १० हजार नेपाली रुपैया लगाएत स्टोरका सामाग्रीहरु चोरी भएको छ । स्टोर चोरीमा सम्लगनहरुको भिडियो सिसिक्यामेरामा कैद भएको र चोरी घटनाबारे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए ।

 

यो सँगै तिन बर्षको अवधि २८ वटा चोरीका घटनाहरु प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएको  प्रहरी नायव उपरिक्षक थापाले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top