भ्रमण वर्षकालागि सिन्धुलीको तयारी ?

सम्पादकीय २०७६ साउन २९ गते बुधवार सिन्धुली

 

 

नेपाल भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने योजना लिएको छ । भ्रमण वर्ष शुरु हुन अब धेरै समय बाँकि छैन । सरकारले निरन्तर भ्रमण वर्षकोलागि सरोकारवाला निकायहरुले आफ्नो क्षेत्रबाट योग्दान गर्नुपर्ने बताइरहेको छ । स्थानिय पर्यटकिय गन्तव्यको विश्वव्यापी प्रचारप्रसारकालागि पनि भ्रमण वर्षले विशेष प्राथमिकता राख्दछ । त्यसैले, हरेक क्षेत्रबाट संभावित पर्यटकिय गन्तव्यको विकास गरि भ्रमण वर्षबाट फाइदा उठाउन आवश्यक छ । सरकारले केहि समयअघि मुलुकभरिका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दा सिन्धुलीगढी पनि नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचिमा रहेको थियो । जीर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचना पुनस्र्थापना गर्ने उद्देश्य एनआरएनएले राखेपनि खासै उपलब्धि देखिएको छैन । स्थानिय तहले समन्वय नगर्दा सिन्धुलीगढी पुनस्र्थापनामा ढिलाई हुदैँ आएको छ । देशकै उत्कृष्ठ राजमार्ग, नागबेली सडक र डाँडामै वीरताको इतिहास बोकेर उभिएको एतिहासिक सिन्धुलीगढीको पुनस्र्थापनालाई बेलैमा प्राथमिकता दिन सकेको भए भ्रमण वर्ष सिन्धुलीको लागि उपलब्धिमुक हुने थियो । तर पनि भ्रमण वर्षलाई लक्षित गर्दै सिन्धुलीगढीको विरताको कथा र यहाँको सुन्दरताको प्रबद्र्धनमा सम्बन्धित सबै पक्ष सक्रिय हुन आवश्यक छ ।

 

सिन्धुलीगढीमात्र नभएर हरिहरपुरगढी दरबार क्षेत्र, मधुगंगा महादेव मन्दिर, कमलामाई मन्दिर, फिक्कल, लगायतका दर्जनौ पर्यटकिय स्थलहरुको निर्माण, प्रचारप्रसार र प्रबद्र्धकालागि स्थानिय तहले प्राथिमकता दिनुपर्छ । समग्रमा, भ्रमण वर्षले सिन्धुलीको पर्यटकिय गन्तव्यको पनि प्रवद्र्धन हुने वातावरण बनाउन सम्बन्धित पक्ष गम्भिर हुन आवश्यक छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top