सिन्धुलीको सोल्पाभञ्ज्याङमा उद्धव स्मृती पार्क निर्माण

राधिका बुढाथोकी २०७६ साउन २९ गते बुधवार सिन्धुली

 

सिन्धुलीको फिक्कल गाउँपालिका–५ सोल्पाभञ्ज्याङ्मा बर्ष दिन अघि सम्म एउटा ठुलो पिपलको रुख देखिन्थ्यो । जुन रुखले त्यहाँका स्थानीयवासी निकै त्रसित थिए । हावा चलेका बेला पिपलको रुखका हाङगाहरु बाचिएर मानविय तथा भौतीक क्षेती सम्म हुने गरेको थियो । रुखको वरिपरी सोल्पालीको बसोबास थियो । विद्यालय पनि नजिकै थियो । जुन रुखले विद्यालयमा अध्यनका लागी जाने गरेका विद्यार्थिलाई समेत घाईते बनाएको थियो । स्थानीय बासिन्दाका अनुसार एक,दुईको त ज्यान समेत गएको थियो ।

 

 

हालै मात्र पिपलको रुखलाई व्यवस्थापन गरेर फिक्कल गाउँपालिका–५,का अध्यक्ष राजु बरालको नेतृत्वमा गाउँपालिकाकै नमुना पार्कका रुपमा उद्धव स्मृती पार्क निर्माण गरिएको छ ।सोल्पाभञ्ज्याङ्मा निर्माण गरिएको स्मृति पार्कको भित्तामा भित्ते चित्रकला पनि देख्न सकिन्छ । उद्धवको मुहार चित्र (पोट्रेट) पनि बनाईएको छ । फिक्कलको गाउँवस्ती र सोल्पाभञ्ज्याङका भूदृश्य,फिक्कलको टाकुराबाट देखिने पूर्वदेखि पश्चिम सम्मका १४ वटा उच्च हिमशृंखलाका चित्र पनि देख्न सकिन्छ ।

 

 

देश र समाज विकासका अभियन्ताका रुपमा स्थापित हुँदै गरेका प्रगतिशिल विचारका युवा उद्धव र उनको योग्दान नयाँ पुस्तालाई पनि जानकारी गराउने मुख्य उद्देश्यले फोटो सहित उद्धव स्मृती पार्क निर्माण गरिएको उनको भनाई । आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पृथक काम गर्ने क्रममा पार्कको डिजाइन अनुसार भित्तामा चित्र बनाइएको वडा अध्यक्ष बरालले बताए ।

 

 

फिक्कल गाउँपालिकाले विनियोजन गरेकोे १२ लाख र स्थानीय पुर्वधार विकास साझेदारी कोषबाट क्षेत्र नम्बर १ का संघिय सांसद गणेश पहाडीले विनियोजन गरेको १४ लाख गरी जम्मा २६ लाखमा पार्क निर्माण भएको हो । अझै स्मृती पार्क सम्पन्न भने नभई सकेको उनले बताए । स्मृती पार्क निर्माण सम्पनन् गर्नका लागी अझै ९ लाख बजेटको आवश्यकता परेको उनले बताए । उनका अनुसार स्मृती पार्क आगामी भदौ महिना भित्र उद्घाटन गरिने छ ।

 

 

उद्धव खड्का परिर्वतनशिल विचारका युवा नेता थिए । उनी २६ बर्षको उमेरमा जिल्लाको फिक्कल गाउँपालिका–५ अर्थात साविक सोल्पाठाना गाउँ विकास समितीको अध्यक्षमा २०५४ सालमा निर्वाचित भएका थिए । स्मृती पार्क निर्माणले शहिद उद्धव खड्काको सम्झना संगै आन्तरिक तथा बाहिय पर्यटन बिकासमा पनी टेवा पुग्ने अध्यक्ष बरालको बिस्वास छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top