सिन्धुलीमा किन आवश्यक छ सांकेतिक भाषा ?

सिन्धुली साैगात संवाददाता २०७६ साउन २७ गते सोमवार सिन्धुली

puja-rayamajhi-deaf
 

सिन्धुलीको कमलामाई नगरपालिका ५ कि पुजा रायमाझी कान सुन्न सक्दिनन् । उनी प्रष्टसँग बोल्न पनि सक्दिनन् । उनलाई जिल्लाको अधिकांश सरकारी वा निजी कार्यालय पुग्दा भाषामा समस्या पर्ने गरेको छ । सांकेतिक भाषा अरुले नबुझदा उनलाई समस्या हुने गरेको छ । सुनाई सम्बन्धि अपांगता भएका व्यक्ति र सरोकारवाला निकायबिच देखिएको यो दुरीको समाधानीकालागि जिल्लामा पहिलो पटक नेपाली साँकेतिक भाषाको तालिम आयोजना गरिएको छ ।

 

समावेशी समाज निर्माणका लागि नेपाली साँकेतिक भाषामा सबैको पहुँच भन्ने मुल नाराका साथ आइतबारदेखि १ महिने तालिम शूरु भएको छ । कमलामाई नगरपालिकाको भवनमा शुरु भएको तालिममा ३६ जनाको सहभागिता छ । उक्त तालिममा जिल्ला समन्वय समिति, कमलामाई नगरपालिका, उद्योग वाणिज्य संघ, विद्यालयहरुका प्रधानाध्यापकहरु, शिक्षक, विद्यालय व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी, सिन्धुली जिल्ला अस्पताल, बैँक, व्यवसायी, अपागं कल्याण संघ, गैर सरकारी संस्था, युवा क्लब, अभिभावक, संचारकर्मी लगायत विदेशी नागरिकहरुको पनि सहभागिता रहेको छ । सरोकारवाला सबैमा नेपाली साँकेतिक भाषामा सबैको समान पहुँच पुर्योउने उद्धेश्यले नेपाली साँकेतिक भाषा सम्बन्धी जागरण अभियान कार्यक्रम संचालन गरिएको बहिरा संघका वरिष्ठ दोभाषे बिजय तामाङले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले पनि सुनाई सम्बन्धि अपांगता भएकालाई राज्यको सेवा सुविधा उपयोग गर्न कठिनाई भएको छ । उनले भने, ‘सांकेतिक भाषा सरोकारवाला निकायले नबुझ्दा अपांगहरु राज्यको पहुँचबाट टाढा हुदैँछन् ।’ सरोकारवाला निकाय र अपांगता भएका व्यक्तिहरुबिच देखिएको भाषाको समस्यालाई केहि हदसम्म कम गर्न पनि यो तालिम संचालनमा आएको उनले बताए ।

 

त्यसैगरी उक्त जागरण अभियान कार्यक्रम भरी अपागंतामैत्री समावेशी अत्तिरिक्त क्रियाकलाप र अपागंता शिक्षा सम्बन्धि विद्यालयस्तरीय चेतनामूलक कक्षाहरु संचालन गरिनेछन् । कार्यक्रममा नेपाली साँकेतिक भाषाको सहजीकरण नवज्योति बहिरा माविका शिक्षक राजकुमार महर्जनले गरेका छन् । सिन्धुलीमा सुनाई सम्बन्धि अपांगको संख्या २६ सय बढि रहेको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top