नेकपा नेता झगडा गर्दैमा व्यस्त

सिन्धुली साैगात संवाददाता २०७६ साउन २६ गते आइतवार काठमाडौं

 

तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भएपनि तत्कालिन दुई पार्टीका नेताहरुबिच भने असझदारी देखिदैँ आएको छ । नेकपाभित्रै केपि ओलीको विरोघ र प्रचण्डको समर्थन गर्ने थुप्रै छन् । त्यसैगरि, तत्कालिन एमालेका केहि नेताहरुले भने ओलीको समर्थन र प्रचण्डको विरोध गर्दै आएका छन् । यस्तै श्रृंखला फेरि दोहोरिएको छ । युवा संघका अध्यक्ष एवं केन्द्रिय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ र अर्को केन्द्रिय सदस्य सुर्य थापाबिच समाजिक संजालमा विवाद छताछुल्ल भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले आजसम्म कसैलाई एक झापड नहानेको र कसैको एक झापड नखाएको’ भन्ने अभिव्यक्तिमा दुई नेताबिच झगडा भएको छ ।

 

तत्कालिन एमालेका सुर्य थापा र तत्कालिन माओवादीका दीपशिखा सार्वजनिक रुपमै विवादमा आएका छन् । शुक्रबार थापाले प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेखेपछि विवाद बल्झिएको हो । प्रचण्ड निकट मानिएका दीपशिखालाई भने उक्त स्टाटस सहन भएन । उनले थापालाई पार्टीबाट पद त्याग गर्न फेसबुकबाटै सुझाव दिए । थापाले फेसबुकमा ‘आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो । म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै ! मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ । हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ? विगत सँग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा !!!’ लेखेका थिए । यस्को प्रतिक्रिया दिदैँ दीपशिखाले दीपशिखाले व्यक्तिगत विचार भन्दै लेखेका छन्, ‘पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्व्को विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ । यस्ता गाली आजकाल फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेशा बनाए हुन्छ ।’

 

दिपशिखाको स्टाटसपछि थापाले पुनः लेखेका छन्, ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? बिचरा ।’

नेकपा नेताबिच फेसबुकमै देखिएको यस्तो विवादले नेकपाभित्र बढ्दोे गुठप्रति संकेत गर्दछ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top