साउन २६ गते आईतबारदेखी साउन ३२ गते शनिबारसम्मको  साप्ताहिक रासिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ साउन २५ गते शनिवार सिन्धुली

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । मंगलबार दिउसोबाट बिहीबार बेलुकीसम्मको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारि तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनितिकर्मिहरुका लागि समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- साताको सुरु र अन्तको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । व्यापारमा लागनि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । मंगलबार दिउसोबाट बिहीबारसम्मको समय राम्रो रहेकोले धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बडि प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँ नयाँ कामको प्रश्ताब आउँने तथा आम्दानिमा बृद्धि हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक सम्पति तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनेछ । मंगलबार दिउसोबाट बिहीबार बेलुकीसम्मको समय मध्ययम रहेकोले सामान्य कुरामा अलमलिदा उपलब्धिमुलक कामहरु गुम्नसक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब सिर्जना हुनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथिभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउँनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मंगलबार दिउसोबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले बिद्या तथा कुनैपनि प्रतिपर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिलाशी तथा भौतिक बस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । प्रेमील जोडहिरुका लागि समयले साथ दिनेछ । मंगलबार दिउसोबाट बिहीबारसाझसम्मको समय मध्ययम रहेकोले पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउँन सक्छ । बिद्या तथा प्रतिष्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिष्पर्धिहरुनै हावि हुनेछन् । अदालति निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । आफन्त,मामा तथा मावलि पक्षसँग राय बाजिनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- साताको सुरु र अन्तको समय मध्ययम रहेकोले बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । प्रेममा रमाउँने चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा खिन्न हुनेछ । आउँने ठाउँबाट रकम नआउँनाले व्यावसायमा लगानि गर्ने अवसर टरेर जानेछ । मंगलबार दिउसोबाट बिहीबारसम्मको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुका लागि समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुचि बड्नेछ । मंगलबार दिउसोबाट बिहीबार साझसम्मको समय मध्यमय रहेकोले मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ । मंगलबार दिउसोबाट समय मध्ययम रहेकोले आफन्त तथा छिमेकिसँग बिवाद हुने योग रहेकोछ । बिवाद तथा प्रतिष्पर्धामा सामेल नहुनु होला समय मध्यम रहेकोछ । यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाति रहनेछन् ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसि व्यापारमा समय व्यातित हुने तथा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाढि बढाउँन सकिनेछ । प्रणय सम्बन्धमा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला,बलजफ्ती गर्दा समस्या आउँन सक्छ । बन्दुबान्धबहरु सँग मनमुटाब बढ्ने तथा छिमेकीहरु सँग बिवाद हुने योग रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । छोटो दुरिको यात्रा कष्टकर हुन सक्छ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्न तथा भैपरि आउँने समस्याले सताउँनेछ । स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पति हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सामानकोे व्यापार फस्टाएर जानेछ । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले राजनितिकर्मि तथा समाजसेवीहरुले जनताको कामगरि नाम कमाउँन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरि सम्मान पाउँने योग रहेकोछ । पढाईलेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । मंगलबार दिउसो साझबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्न तथा भैपरि आउँने समस्याले सताउँनेछ । स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पति हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानिमा बृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले अग्रगामि छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top