महिलाको शव फेला

राधिका बुढाथोकी २०७६ साउन २५ गते शनिवार सिन्धुली

 

सुनकोशी गाउँपालिका–६ खहरे दोभानमा आज  दिउँसो २ बजे एक महिलाको शव फेला परेको छ । काभ्रे पाँचखाल नगरपालिका–१० बस्ने ओम बहादुर रायमाझी को श्रीमती अन्दाजी ३४ बर्षिय सरस्वती रायमाझीको सब फेला परेको हो ।

 

सरस्वती रायमाझी काभ्रे पाँचखाल नगरपालिका–१० बाट आफ्नो माईति घर रामेछाप बेथान गाउँपालिका–६ जुंगेपानी जान भनि हिडेको र सिन्धुलीको सुनकोशि गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिक सुनकोशी नदिमा हामफालि बेपत्ता भएको मृतक रायमाझीका श्रीमान्लाई उद्धृत गदैँ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए ।

 

सुनकोशि नदिमा हामफालि बेपत्ता भएको भनि मृतक रायमाझीका श्रीमान्ले प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय दुम्जाको एक टोली खटि महिलाको खोजी कार्य गरेको थियो ।

 

महिलाको शव घटना स्थलबाट अंन्दाजी २१ किलोमिटर तल पुर्बतर्फ सुनकोशीगाउँपालिका–६ खहरे दोभानमा अपराहन्न दिउँसो २ बजे फेला परेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top