आजको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ साउन २५ गते शनिवार सिन्धुली

 

वि.सं.२०७६ साल साउन २५ गते । शनिबार । ईश्वी सन् २०१९ अगष्ट १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि दशमी,१९ घडी ०१ पला ,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र ज्येष्ठा,५२ घडी १५ पला,रातको ०२ बजेर २६ मिनेट उप्रान्त मूल । योग ऐन्द्र,२४ घडी २० पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त वैधृति । करण गर,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त वणिज,रातको १२ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मुसल योग । चन्द्रराशि बृश्चिक,रातको ०२ बजेर २६ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ०२ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अबिश्वास हुनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । साना तिना घरेलु समस्या सुल्झाउदा सुल्झाउदै समय बित्नेछ । आफन्त तथा चेलि माईतिबित मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा सानो सानो लगानिबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- कार्यक्षेत्रमा केहि बिषयमा बिवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ । आफन्त तथा मावलीपक्षबाट सहयोग प्राप्त हुनेछ । पढाई लेखाई सफलताकै मार्गमा अगाडि बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशङसा गर्दै हिड्नेछन् ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-  पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न बस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यावसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- समय मध्ययम रहेकोले व्यापारमा लगानि गर्नको लागि केहि दिन कुर्नुनै राम्रो रहनेछ । तापनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने योग रहेकोछ । राजनितिज्ञको लागि समय मध्ययम रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउँदा भविश्यमा आम्दानि भईरहनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- राजनितिकर्मि तथा समाजसेवीहरुले जनताको कामगरि नाम कमाउँन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरि सम्मान पाउँने योग रहेकोछ । पढाईलेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुँनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):-  व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरि असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका बस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पति प्राप्त हुनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानि बढाउँदा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानि गरि अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top