२०७६ साल साउन १७ गते शुक्रबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ साउन १६ गते बिहीवार सिन्धुली

 

वि.सं.२०७६ साल साउन १७ गते । शुक्रबार । ईश्वी सन् २०१९ अगष्ट ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि प्रतिपदा,०२ घडी ५३ पला ,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त द्वितिया । नक्षत्र अष्लेषा,१६ घडी १७ पला,मध्यान्ह ११ बजेर ५९ मिनेट उप्रान्त मघा । योग व्यातिपात,२२ घडी ४५ पला,दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त वरियान । करण बव,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त वालल,बेलुकी ०५ बजेर २६ मिनेट उप्रान्त कौलव,रातको ०४ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि कर्कट,मध्यान्ह ११ बजेर ५९ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २८ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समय मध्ययम रहेकोले राजनितिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । बिद्यार्थीले प्रतिश्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि बढाउँदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाईमा मन लाग्नेछैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- प्रतिष्पर्धामा सहभागि हुनु परेपनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-  बिहानको समय राम्रो रहेकोले माया प्रेममा रमाउँदै दिन व्यातित गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दुर्भाग्वस आँटेको काम रोकिन सक्छ । अवसर सँगै चुनौतिको पनि सामना गर्नु पर्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- ढिला शुस्ति तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापारमा लगानि गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा समय प्रतिकुल रहेकोछ भने नतिजा आफुतिर ल्याउँन निकै मेहनेत गर्नु पर्नेछ । पुख्र्यौली सम्पति तथा भौतिक सम्पतिमा बिवाद हुन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पढाईलेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारि चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानि गर्नेहरुका लागि समय राम्रो रहेकोछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्र्नेछन् भने सानो पुँजीबाट व्यावसाय सुरु गरि मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरि दिनलाई फलदायि बनाउँनेछन् । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ । सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपश्थिति रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-  शिक्षामा अलि बढि समय लगानि गर्दामात्र नतिजा हात पार्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा भएपनि बाटोमा दुख हुन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानि हुनेछ । घर परिवार तथा आफन्तको बिश्वास गर्दा धोका पाईनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आफन्त तथा सहपाठिहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउँनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पति तथा बिलाशी बस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारि व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फन अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– पढाई लेखाईमा सहपाठिहरुलाई किनारा लगाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले खानपान तथा स्वास्थ्यको ख्याल गर्नुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top