एउटै कोठामा ४ वटा कक्षा

सिन्धुली २०७६ साउन १५ गते बुधवार काठमाडौं

 

घ्याङ्गलेख गाउँपालिका सिन्धुलीका केही विद्यालयले बहुकक्षा शिक्षण पद्धतिबाट अध्यापन गराउन थालेका छन् । विद्यालयमा कक्षा कोठा र शिक्षक अभावहुँदा एउटै कोठामा ४ वटा कक्षा सञ्चालन गर्ने गरेका हुन् ।

 

गाउँपालिका २ स्थित कन्या प्राथामिक विद्यालय केरावारी सल्लेरीका प्रध्यानध्यापक मन्जु कुमारी सुनुवारले शिक्षक र कक्षा कोठा नभएपछि वाल कक्षा,१ कक्षा ३ र ४ कक्षा एउटै कक्षा कोठामा र २ र ५ कक्षा एउटा कोठामा राखेर पढाईने गरिएको बताईन् ।

 

शिक्षक र कक्षा कोठाको अभावमा बहुकक्षा शिक्षण पद्धतिबाट बालबालीकालाई अध्यापन गराउन बाध्य भएको प्रधानाध्यापक सुनुवारको भनाई छ ।

 

सोही विद्यालयका शिक्षक तेज बहादुर लो ले कक्षा कोठा र शिक्षक अभावमा पठनपाठन प्रभावकारी हुन नसकेकोे बताए । एउटै कोठाभित्र कोचाकोच गरेर धेरैवटा कक्षा सञ्चालनहुँदा बालबालीका सँगै शिक्षकलाई पनि निकै गाह्रो हुने गरेको उनको भनाई छ । यस विद्यालयमा एक कार्यालय सहयोगी, एक शिक्षिका र एक शिक्षक कार्यरत छन् । २०७२ सालमा गएको भुकम्पले विद्यालयको संरचनामा क्षेती पु¥याएको छ । हाल भुकम्पले क्षेती गरेको भवनमा बहुकक्षा शिक्षण पद्धतिबाट बालबालीकालाई अध्यापन गराईएको शिक्षक लो ले बताए ।

 

यस्तै भुकम्पपछि विद्यालयको पुनःनिर्माण हुँन ढिलाई हुँदा गाउँपालिकाको सारदा निम्न माध्यमिक विद्यालय भैसेमा पनि ३/३ वटा कक्षा एकै कक्षा कोठाबाट संचालन गरिनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानध्यापक विरेन्द्र प्रसाद यादवले बताए ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top