रातमाटा –ए अन्डर १७ फुटबल टुर्नामेन्टको फाईनलमा

सिन्धुली साैगात संवाददाता २०७६ साउन १२ गते आइतवार सिन्धुली

 

रातमाटा (ए) सिन्धुलीमाढीमा जारी अन्तर क्लब अन्डर १७ फुटबल टुर्नामेन्टको फाईनलमा प्रवेश गरेको छ ।

 

शनिबार सम्पन्न दोस्रो सेमिफाईनलमा मुधटार (बि ) लाई २–१ गोलअन्तरले हराउँदै रातमाटा (ए) फाईनलमा प्रवेश गरेको हो । रातमाटा (ए) का लागी कप्तान अर्बिन बस्नेत र सुरोज लामाले गोल गरेका थिए । मधुटारले भने एक आत्मघाती गोल उपहार पाएको थियो ।

 

यसअघि शुक्रबार तय यी दुई बिचको खेल बढी उमेरका खेलाडी खेलाईएको भन्दै दुवै समुहले एक अर्का बिरुद्ध प्रोटेस्ट हालेपछि शनिबार मात्रै खेलाईएको हो । रातमाटा (ए) ले फाईनलमा मधुटार (ए) सँग खेल्नेछ । शुक्रबार सम्पन्न खेलमा धुराबजारलाई २–० गोलअन्तरले हराउँदै मधुटार (ए) फाईनलमा प्रवेश गरेका थियो ।

 

रातमाटा (ए) र मधुटार (ए) बिचको फाईनल खेल आईतबार हुनेछ । लोकतान्त्रिक चौरमा हुने खेल दिउँसो ३ः३० बजे सुरु हुने आयोजकका सन्तोष क्षत्रिले बताए ।

 

जिल्ला फुटबल संघ सिन्धुलीको सहयोग र मधुटार युनाईटेडको आयोजनामा मंगलबार देखी जारी १० टिम सहभागी टुर्नामेन्टको विजेताले नगद ८ हजार रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top