नेपाल हिन्दुराष्ट्र हुनुपर्छ : भाजपा नेता डा. स्वामी

सिन्धुली साैगात संवाददाता २०७६ साउन ११ गते शनिवार काठमाडौं

 

भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा. सुब्रमनियन स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने माग राखेका छन । विश्व हिन्दु संघ र वल्ड हिन्दु फेडरेसनको संयुक्त आयोजना काठमाडौमा शनिबार सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमा सो कुरा बताएको हो ।

 

शनिबार उदघाटन भएको उक्त अन्तर्राष्ट्रिय गोष्ठीका प्रमुख वक्ता डा. स्वामीले नेपालको इतिहाससँगै उसको भौगोलिक अवस्थितिका कारण र भारत तथा चीन पनि सकारात्मक रहेको वर्तमान अवस्थामा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताए ।

 

डा. स्वामीले दिल्ली फर्कनुपूर्व प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गरेका थिए । केही घन्टाका लागि मात्र काठमाडौँ आएका डा. स्वामीले गोष्ठीमा आफ्नो मन्तव्यलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका हुन् । यद्यपि भेटका अवसरका नेपाल हिन्दु राष्ट्र हुनुपर्ने आफ्नो माग उनले उठाए वा उठाएनन, त्यो स्पष्ट हुन सकेको छैन ।

 

उक्त अन्तर्राष्ट्रिय हिन्दु गोष्ठीमै सहभागी हुन काठमाडौँ आएका भाजपाकै अर्का नेता तथा पूर्वसांसद तरुण विजयले पनि प्रधानमन्त्री ओलीसँग अलग्गै भेट गरेका थिए । तरुण विजय पनि प्रखर हिन्दुवादी नेता हुन् भने उनी पनि नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने पक्षमा छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top