मधुटार (ए) अन्डर १७ फुटबलको फाईनलमा

सिन्धुली साैगात संवाददाता २०७६ साउन १० गते शुक्रवार सिन्धुली

 

मधुटार (ए) सिन्धुलीमाढीमा जारी अन्तर क्लब अन्डर १७ फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

 

शुक्रबार भएको पहिलो सेमिफाईनलमा धुराबजारलाई २–० गोलअन्तरले हराउँदै मधुटार (ए) फाईनलमा प्रवेश गरेको हो । मधुटार (ए) का लागी शुवास दनुवार र पुरन मगरले गोल गरेका थिए ।

 

 

शुक्रबार नै तय रातमाटा (ए) र मधुटार (बि) बिचको दोस्रो सेमीफाईनल खेल भने शनिवार मात्रै खेलाईने भएको छ । रातमाटा (ए) र मधुटार (बि) दुवैले बढी उमेरको खेलाडी खेलाईएको भन्दै एक अर्का बिरुद्ध प्रोटेस्ट हालेपछि शुक्रबार तय खेल शनिवार दिउँसो ३ः३० बजे मात्रै हुने आयोजकका सन्तोष क्षत्रीले जानकारी दिए । दुवै सहभागी टिमका खेलाडीहरुको जन्मदर्ता जाँच गरेर शनिवार दोस्रो सेमीफाईनल खेल खेलाउन क्षत्रिले बताए ।

 

जिल्ला फुटबल संघ सिन्धुलीको सहयोग र मधुटार युनाईटेडको आयोजनामा मंगलबार देखी जारी १० टिम सहभागी टुर्नामेन्टको फाईनल खेल आईतबार दिउँसो ३ः३० बजे हुनेछ । टुर्नामेन्टको विजेताले नगद ८ हजार रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top