अन्डर १७ फुटबल टुर्नामेन्टको सेमिफाईनल समिकरण पुरा

सिन्धुली २०७६ साउन ९ गते बिहीवार काठमाडौं

 

सिन्धुलीमाढीमा जारी अन्तर क्लब अन्डर १७ फुटबल टुर्नामेन्टको सेमिफाईनल समिकरण पुरा भएको छ । समुह चरण अन्र्तगत नकआउट चरणको बाँकी अन्तिम दुई खेल बिहिबार सम्पन्न भएपछि टुर्नामेन्टको सेमीफाईनल समिकरण पुरा भएको हो ।

 

बिहिबार भएको पहिलो खेलमा समुह बि अन्र्तगत नयाँ बस्तिलाई सडन डेथमा १०–९ गोलअन्तरले हराउँदै रातमाटा (ए) सेमीफाईनलमा प्रवेश गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि लिईएको ट्राईब्रेकरमा पनि दुवै टिमले समान ५–५ गोल गरेपछि खेल सडनडेथमा गएको थियो ।

 

यस्तै बिहिबारनै भएको दोस्रो खेलमा बेल्टारलाई ३–१ गोलअन्तरले हराउँदै मधुटार (ए) सेमीफाईनलमा प्रवेश गर्ने अर्को टोली बनकोछ । यसअघि समुह ए बाट धुराबजार र समुह बि बाट मधुटार (बि) सेमीफाईनलमा प्रवेश गरिसकेका छन् ।

 

शुक्रबार दिउँसो साढे तिन बजे हुने पहिलो सेमीफाईनलमा समुह बि का रातमाटा (ए) र मधुटार (बि) बिच खेल हुनेछ । यस्तै दिउँसो साढे ४ बजे हुने दोस्रो सेमीफाईनलमा मधुटार (ए) र धुराबजार बिच खेल हुनेछ ।

 

जिल्ला फुटबल संघ सिन्धुलीको सहयोग र मधुटार युनाईटेडको आयोजनामा मंगलबार देखी जारी १० टिम सहभागी टुर्नामेन्टको विजेताले नगद ८ हजार रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top