सिन्धुलीमा सर्पदंशको घटना बढ्यो

राधिका बुढाथोकी २०७६ साउन १ गते बुधवार सिन्धुली

 

बर्खा लागे सँगै दुधौली नगरपालिका सिन्धुलीमा सर्पदंशको घटना बढ्ेकोे छ । गर्मि सँगै बर्षाका कारण जमिनमुनी रहेका सर्पहरु बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको दुधौली नगरपालिका– ९ स्थित सर्प दंशउपचार केन्द्रले जनाएको छ ।

 

असार महिनामा मात्र उपचार केन्द्रमा ३५ सर्पदंशका बिरामीको उपचार गरिएको दुधौली सर्पदंश केन्द्र सिन्धुलीका प्रमुख बिन्देश्वर शाहले बताए । बर्खा लागेसँगै बिच्छी, खजुरा,मक्षेड लगाएतका बिषालु किराहरुको पनि प्रकोप बढ्न थालेकोे उनले बताए ।

 

सर्पदंशका बिरामीहरुको उपचारका लागी नेपाल सरकारबाट उपलब्ध दुई बिषेशज्ञ चिकित्सक सहितको टोली, नेपाल सरकार र दुधौली नगरपालिकाको सहयोगमा एन्टि स्नेक भेनप सहितका औषधि र उपकरण दुधौली सर्पदंश उपचार केन्द्रमाआवश्यकमात्रामाउपलब्ध रहेको उनले बताए ।

 

दुधौली सर्पदंश उपचार केन्द्रमा ईन्टेन्सिप केयर युनिट आईसियु र भेन्टिलेटर भने नभएको हुँदा गम्भिर प्रकृतिका बिरामीहरुलाई भने थप उपचारका लागी धरान रिफर गर्ने गरिएको उनले बताए ।
सिन्धुलीको दुधौली नगरपालिकामा मात्रै चालु आर्थिक बर्ष २०७५/०७६ मा २१० जनालाई सर्पले टोकेको र यो मध्ये ७ जना लाई बिषालु सर्पले टोकेको केन्द्रका प्रमुख शाहले बताए ।

 

यस्तै ०७४/०७५ मा २०६ जनालाई सर्पले टोकेकोमा ६५ बर्षिय महिला ठकुनी कुँवरको ज्यान गएको र २०७३/७४ मा २०० जनालाई सर्पले टोकेमा ३ जनालाई बिषालु सर्पले टोकेको उनले बताए । दुधौली सर्पदशं केन्द्र अनुसार ३ बर्षको अवधिमा सर्पदशं उपचार केन्द्रबाट ६ सय १६ जनाको उपचार भएको छ । यो मध्य ५ जना सर्पदशंका विरामीहरु लाई अन्यत्र स्थानमा रिफर गरिएको केन्द्रका प्रमुख शाहले बताए ।

 

दुधौलीमा करेत, कोब्रा र भाईपर जातका बिषालु सर्पले टोकेका बिरामीहरु उपचार केन्द्रमा आउने गरेको उनले बताए । करेँत कोब्राले टोकेको बिरामीलाई ढिलोमा १५ देखी २० र भाईपरले टोकेको भए आधा घण्टा भित्र टोकेको अंग हलचल नगराई सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन उपयुक्त हुने उनको सुझाव छ ।

 

यो समयमा सर्पदशं लगाएत विषालु किराहरुको डर हुने भएकाले आँफु बसेको ठाउँ वरिपरी,खेतबारी,जंगलमा हुँदा सर्प वा अन्य किराहरुको टोकाईबाट बच्न सावधानी अपनाउने,घरवरिपरि सफा राख्ने,सर्प बस्न सक्ने दुलाहरु पुर्ने,अध्यारोमा लाईट प्रयोग गर्ने,झ्याडी वा घाँस भएको ठाउँमा जाँदा जुत्ता वा गम बुट लगाएर जाने,पराल,दाउरा झिक्दा होसियार हुने,सर्प बस्ने सम्भावित स्थानहरुमा बालबालीका लाई जान नदिने र ओछ्यान राम्ररी टकटक्याएर झुुल टाँगेर मात्र सुत्ने लगाएतका कुरामा ध्यान दिनपनि केन्द्रका प्रमुख शाहले सुझाव दिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top