२०७६ साल साउन ०१ गते बुधबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ असार ३१ गते मंगलवार सिन्धुली

 

वि.सं.२०७६ साल साउन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि प्रतिपदा,५४ घडी ५८ पला,रातको ०३ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र उत्तरषाडा,४३ घडी ०९ पला,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त श्रवण । योग विष्कुम्भ,५७ घडी १० पला,रातको ०४ बजेर ११ मिनेट उप्रान्त प्रिती । करण वालव,दिउसो ०२ बजेर ४० मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा वज्र योग । चन्द्रराशि मकर । शास्त्रोक्त दक्षिणायन प्रारम्भ। कण्डारक पूजा। लूतो फाल्ने सांस्कृतिक दिवस। थारू समुदायको गुरिया पर्व। बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ। काठमाडौंमा सूर्योदय ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ०९ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आफन्त तथा बुवा सरहका मानिस सँग मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढिनै लगानि गर्नपर्ने देखिन्छ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडि बढ्नु पर्ने बाध्यता आउँनेछ । समय अनुशार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अबिश्वास बढ्नेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- भौतिक सम्पति तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापार व्यावसायमा मन्दि आउँने समय रहेकोछ । पढ्ने लेख्ने काममा मन जानेछैन । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यायलयबाट न्याय पाउँन कठिन रहेकोछ । नोकरिमा हुने प्रतिष्पर्धामा दिन मध्ययम रहेकोले अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- राजनितिज्ञ तथा समाजसेवीका लागि समय मध्ययम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारि साधन सम्बन्धि विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउँनाले दैनिक काम प्रवावित हुनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- न्यायलयसँग सम्बन्धित कामहरु थाति राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धबहरु सँग मनमुटाब सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्ब सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- नयाँ प्रवृधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुना पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । भौतिक सम्पतिको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलङकार उपाहार पाईनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । प्रेमका कोपिलाहरु फक्रन नपाउँदे चुटिनेछन् ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- सिमित स्रोत साधनको प्रयोग मार्फत असिमित आवश्यक्ता परिपुर्ति गर्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाईको सहयोगमा भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top