सिन्धुलीमा राहत वितरणका प्रारम्भिक कार्य सुरु

सिन्धुली साैगात संवाददाता २०७६ असार ३१ गते मंगलवार सिन्धुली

 

लगातारको बर्षा केही कम भए सँगै सिन्धुलीमा बाढी पहिरो पिडितहरुको उद्धार र राहत वितरणका प्रारम्भिक कार्य सुरु भएको छ ।

 

सरकारले अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकार मार्फतनै राहत वितरण गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी प्रदेश सरकारसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गर्ने निर्णय गरेको हो ।

 

सिन्धुलीमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, स्थानिय तहका प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सहितको विपद व्यवस्थापन समिति मार्फत स्थानियतह बाट उद्धार र राहत वितरणका कार्यक्रम सुरु भएको हो ।

 

सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई १ लाख रुपैँया राहत दिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । यस्तै प्रदेश सरकार मार्फत १ लाख र स्थानिय सरकारले आ आफनो नियमानुसार राहत वितरण गर्नेछन् ।

 

जिल्लाको मुख्य प्रभावित क्षेत्र दुधौली नगरपालिकाले बाढी पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई नगद ५० हजार रुपैँया र क्षतिको मुल्यांकन गरि राहत वितरण गर्ने नगर प्रमुख घनश्याम राउतले बताए ।

 

दुधौली नगरपालिकामा डकाहा नदीमा आएको बाढीमा परि २ र जिनाखु बुनिटारमा पहिरोमा परि २ गरि ३ जनाको ज्यान गएको छ भने १ जना बेपत्ता र १ घाईते भएका छन् । दुधौलीमा बाढी पहिरो गएको स्थलको व्यक्तिगत निरिक्षण गरि प्रारम्भिक चरणको राहत वितरणको कार्य सुरु भएको प्रमुख राउतले बताए । दुधौलीमा प्रारम्भिक चरणमा २२ देखी २५ घर परिवार पिडित सम्पर्कमा आएको र पिडितको संख्या बढ्न सक्ने उहाँले बताए ।

 

यस्तै फिक्कल गाउँपालिका सिन्धुलीले गाउँपालिकाको विपत व्यवस्थापन कोषमार्फत राहत वितरण गर्ने गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिए । गाउँपालिकामा प्रारम्भिक चरणमा उद्धारका काम भईरहेको रमंगलवार सम्ममा समितिको बैठक बसी राहत र क्षति पुर्तिका सम्बन्धमा निर्णय गरिने प्रवक्ता बरालले बताए । फिक्कल गाउँपालिकामा १ जनाको ज्यान गएको छ । तत्काल ५ देखी ६ घरमा क्षति पुगेको जानकारी आएको क्षतिको संख्या बढ्न सक्ने उनले बताए ।

 

यस्तै कमलामाई नगरपालिका सिन्धुलीको हिजो बसेको नगरकार्यपालिकाको बैठकले ज्यान गुमाएकालाई तत्कालका लागी किरिया खर्च बापत मृतकका परिवारलाई ५० हजार रुपैया र घाईते लाई १० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण बहादुर घिसिङले जानकारी दिए । यस्तै बाढी पहिरो पिडितलाई आवश्यकता हेरी अन्य राहत त्यसैगर त्रिपाल, प्राबिधिकको स्टेमेट अनुसार खानेपानी पाईप र गेभिङ जाली उपलब्ध गराउने भएको छ ।

 

यस्तै मरिण खोलामा आएको ५० साल यताकै ठुुलो बाढीले गाउँपालिकाको केही खेति योग्य जमिनहरुमा क्षति गरेको गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तानले बताए । गाउँपालिकामा मानविय क्षति भएको खण्डमा ज्यान गुमाउनेहरुका लागी २५ हजार र सख्त घाईते र भौतिक क्षतिका सम्बन्धमा २० हजार रुपैया सम्म राहत उपलब्ध गराउने व्यवस्था रहेको प्रवक्ता मोक्तानले बताए ।

 

यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले पनि बिभिन्न उपशाखाहरु मार्फत प्रारम्भिक चरणमा ८५ घर परिवार बाढी पहिरो बाट पिडित भएको प्राप्त जानकारी आएकोे र जिल्लाका अधिकांश स्थानमा सडकको दुरावस्था र भौगोलिक कठिनाईका कारण पुर्ण विवरण आउन बाँकी रहेको जिल्ला सभापति अशोक श्रेष्ठले जानकारी दिए ।

 

यधपि प्रारम्भिक चरणका उद्धार र राहत वितरणका कायक्रम सुरु भईसकेको उनले जानकारी दिए । रेडक्रसले बाढी पहिरो पिडितहरुका लागी प्रति परिवार ८ हजार रुपैया सम्मका खाधान्न र बन्दोबस्तिका सामाग्री उपलब्ध गराउने सभापति श्रेष्ठले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top