सिन्धुलीको ढुंग्रेभञ्ज्याङमा होमस्टे सञ्चालनको तयारी

सिन्धुली साैगात संवाददाता २०७६ असार ३१ गते मंगलवार सिन्धुली

 

सिन्धुलीको कमलामाई नगरपालिका २ ढुंग्रेभञ्ज्याङमा होमस्टे सञ्चालनको तयारी तिब्र पारिएको छ । मगर समुदायको उल्लेख्य बसोबास रहेको ढुंग्रेभञ्ज्याङमा पर्यटन प्रर्वद्धनका लागि स्थानियले अतिथि गृह निर्माण, होमस्टे निर्माण र सांस्कृतिक भवन निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

 

 

 

सिन्धुली सदरमुकाम समेत रहेको सिन्धुलीमाढी बाट १८ किलोमिटर र अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक सिन्धुली गढी बाट करिब ५ किलोमिटरको दुरीमा रहेको भौगोलिक रुपमा स्वच्छ, सफा र मनोरम महाभारत स्थल ढुंग्रेभञ्ज्याङ होमस्टेमा प्रांगारिक परिकार पाईनुका साथै, परम्परागत मगर समुदायका जातिय पहिचान भल्काउने भेषभुषा, चालचलन रितिरिवाज, सामाजिक सास्कृतिक परिवेशको अवलोकन गर्न सकिने होमस्टे सञ्चालक श्रि सिन्धुलीका संयोजक देवराज दाहालले बताए ।

 

 

होमस्टे सञ्चालनका लागी प्रारम्भिक चरणमा प्रांगरिक कृषि उत्पादनमा जोड दिईएको संयोजक दाहालले बताउनुभयो । मगर समुदाय मिलेर सञ्चालनमा ल्याउन लागेको यो होमस्टेमा मगर कला संस्कृतिसँग जोडिएका नाच र बाजा गाजा सहितका नृत्यसमेत पाहुनाको स्वागतका लागि राखिने भएको छ । ढुंग्रेभञ्ज्याङमा बन्दै गरेको कोसेली घरमा जिल्ला भरका स्थानीय लघु उद्यमीहरुले उत्पादन गरेको सामान विक्रि कक्ष, सुधारीएको गोठ, सवै घरमा बगैँचा, करेसा बारी रहनेछ ।

यस्ता होमस्टेले नवलपुरमा पर्यटक प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याउने र स्थानीय समुदायको आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान दिने संयोजक दाहालको विश्वास छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top