आजको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ असार ३१ गते मंगलवार सिन्धुली

 

वि.सं.२०७६ साल असार ३१ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि पूर्णिमा,५२ घडी ०२ पला,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वाषाढा,३८ घडी ४७ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त उत्तरषाडा । योग वैधृति,५७ घडी ०८ पला,रातको ०४ बजेर ४० मिनेट उप्रान्त विष्कुम्भ । करण भद्रा,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त वालल । आनन्दादिमा मित्र योग । चन्द्रराशि धनु,रातको ०३ बजेर १४ मिनेट उप्रान्त मकर । गुरुपूर्णिमा। पूर्णिमा व्रत। गुरु व्यास पूजा। दक्षिणामूर्ति पूजा। मन्वादि। दिल्ला पुन्ही। मानस व्रत प्रारम्भ। भक्तपुरमा वीरनदी स्नान। रातको ०१ बजेर ४६ मिनेटदेखि ०४ बजेर ४५ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण। आषाढ मसान्त। काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ११ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानि बढाउँदा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानि गरि अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानि कम हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । यात्रा प्रेममा टाडिने समय रहेकोछ भने घर परिवार तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । पढाई लेखाईमा प्रसस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारि व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फन अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- विवाद तथा प्रतिष्पर्धामा भाग नलिनुहोला समय मध्ययम रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछैन । मामा तथा आफन्त सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा आजको दिन लगानि नबढाउँनुहोला ऋण लाग्ने समय रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न बस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यावसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अरुको बिश्वास जिति काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्नेकाममा मन नजादा नतिजा अरुतिरनै जानेछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्र्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आफन्त तथा छिमेकिसँग बिवाद हुने योग रहेकोछ । बिवाद तथा प्रतिष्पर्धामा सामेल नहुनु होला समय मध्यम रहेकोछ । यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाति रहनेछन् । तरपनि खेलकुट तथा पराक्रमि क्रियाकलापहरु सामेल भई आफ्नो उत्कृष्ट प्रर्दशन देखाउँने अवसर जुर्नेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पारिवारिक माहोलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसि व्यापारमा समय व्यातित हुने तथा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाढि बढाउँन सकिनेछ । प्रणय सम्बन्धमा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-  पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । महंगो तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने योग रहेकोछ । राजनिति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरि ईज्जत कमाउँन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रबिधिको प्रयोग गरि आम्दानिमा बृद्धि गर्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पढाईलेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारि चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनि बिदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्पावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापारमा हुने न्युन कमाईले दैनिकी व्यावस्थापन गर्न हम्मे पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुने तथा कार्यक्षेत्रमा खुट्टा तान्नेहरु हावि हुनेछन् । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । भौतिक साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला । बुवा तथा बुवासरहका मानिस सँग बिवाद बढ्ने योग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top