खानेपानीको मुहान बगायो

सिन्धुली साैगात संवाददाता २०७६ असार ३० गते सोमवार काठमाडौं

 

 

लगातारको अबिरल वर्षाका कारण कमलामाई नगरपालिकामा रहेको खानीपानीको दुई मुहान खोलाले बगाएपछि खानेपानीको आपूर्तिमा समस्या देखिएको छ । तिन दिनदेखि सिन्धुलीको कनपा ४, ५, ६ र ७ मा खानेपानीको आपूर्ति ठप्प भएको छ ।

 

 

बाढीले गडौली खण्डमा रहेको तीनवटा मुहान बगाएको छ भने ग्वाङ खोलामा रहेको दुईवटा मुहान मध्य एउटा बगाएको सिद्धेश्वर खानेपानी उपभोक्ता संघले जानकारी दिएको छ । ठाउँठाउँमा पहिरोका कारण पाइपलाईन बगाएको उपभोक्ता संघका अध्यक्ष महेन्द्र देव श्रेष्ठले बताए । उनले बाढि र पहिरोले प्रभावित बनाएको स्थलमा प्राविधिक सहितको टोलिलाई लिएर मर्मत गर्न पुगेपनि निरन्तर पानी पर्दा काम गर्न नसकेको गुनासो गरे । अबिरल वर्षाका कारण खानेपानीको संरचनामा ७ लाख बढिको क्षति पुगेको श्रेष्ठले बताए । उनले क्षति भएका संरचनाको मर्मतमा निरन्तर प्रयास जारी रहेको पनि बताए । प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरमा पानी पुर्‍याउन नसकेकोमा उनले दुख व्यक्त गरे । साथै, मर्मतकालागि संस्थाले निरन्तर प्रयास गरिरहेको र छिट्टै खानेपानीको आपूर्ति हुने जनाए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top