आषाढ २९ गते आईतबारदेखी साउन ०४ गते शनिबारसम्मको साप्ताहिक रासिफल

ज्योतिषी दुर्गा प्रसाद भण्डारी २०७६ असार २८ गते शनिवार सिन्धुली

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  :- बिहीबारसम्मको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानि कम हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । घर परिवार तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । पढाई लेखाईमा प्रसस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ । शुक्रबारबाट समय राम्रो रहेकोले तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- मंगलबारसम्मको समय मध्ययम रहेकोले व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । बुधबारबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बडि प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँ नयाँ कामको प्रश्ताब आउँने तथा आम्दानिमा बृद्धि हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुष हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावलीपक्ष सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । स्वास्थ्यमा कमजोरि देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । व्यापारमा लगानि गर्दा ध्यान दिनुहोला आज गरिने व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । बुधबारबाट शुक्रबार बिहानसम्मको समय राम्रो जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारि साधन तथा बिलाशी सामान हातलागि हुने योग रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलो सँग बित्नेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यामा स्कलर्सिप प्राप्त हुनेछ भने सहपाठिहरुलाई पछि पार्दै नतिजा हात पार्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले बौद्धिक तथा प्राबिधिक ज्ञानको प्रयोग गरि काम गर्दा आम्दानि बढाउँन सकिनेछ । शिक्षा क्षेत्रमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पति तथा बिलाशी सम्पति उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रश्ताव आउँनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । सोमबारबाट बिहीबारसम्मको समय मध्ययम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने तित्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बढिनै रमाईलो गर्न खोज्दा शुभचिन्तकहरु रिसाउँनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँनेछ । प्रेममा अविश्वास बढ्नेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- मंगलबारसम्मको समय राम्रो रहेकोले खेलकुद तथा आट,शाहस तथा पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ । बुधबारबाट समय मध्ययम रहेकोले राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानि गरि आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडि बढि पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ । साताको सुरुमा दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । लामो दुरिको यात्रा हुनेछ भने बिदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानिमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै अग्र स्थानमा आउँन सकिनेछ । प्रेमील जोडहिरुका लागि समय उत्तम रहेकोछ । सोमबारबाट बिहीबारसम्मको समय मध्ययम रहेकोले अरुको बिश्वास गर्नाले धोका पाईनेछ भने आश्वासन बाड्नेदेखि सजक रहनुहोला । एकपटक हुने काम पुनह अर्कोपटक गर्नुपर्ने अवस्था आउँनेछ । तरपनि लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । विभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामि दिनहरुमा विवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुँनेछ भने विद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । बुधबारबाट शुक्रबार मध्यान्ह सम्मको समय मध्ययम रहेकोले नया प्रबृधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउँनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमि आउँनेछ । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफन्त तथा बुवा सरहका मानिस सँग मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारि काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढिनै लगानि गर्नपर्ने देखिन्छ । बुधबारबाट शुक्रबार मध्यान्हसम्मको समय राम्रो रहेकोले कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top