सिन्धुली जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा

सिन्धुली साैगात संवाददाता २०७६ असार २८ गते शनिवार काठमाडौं

 

सिन्धुली जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । शुक्रवार कमलामाई नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि जिल्लालाई नै खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

 

जिल्लाका ८ वटा स्थानिय तह यस अघि नै पुर्ण खोपयुक्त पालिका घोषणा भइसकेका थिए भने कमलामाई नगरबालिका बाकि रहेकाले शुक्रवार नगरलाई पूर्ण खोपयुक्त पालिका घोषणासंगै जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

 

जिल्ला समन्वय समितका प्रमुख शंकरराज बर्माको अध्यक्षता तथा प्रदेश नम्बर ३ का स्वास्थ्य निर्देशनालयका निर्देशक मोहमत दाउदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विभिन्न सरोकारवाला संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगाएतको उपस्थितीमा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

 

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुलाई खोप तालिका अनुसार १५ महिनाको दादुराको दोश्रो खोप लगाइसकेको हुदा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

 

पूर्ण खोपयुक्त जिल्ला घोषणा हुनेमा सिन्धुली ५८ औ जिल्लामा परेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top