पहिरोमा परेको गाढीका चालकको सकुशल उद्धार

सिन्धुली साैगात संवाददाता २०७६ असार २८ गते शनिवार काठमाडौं

 

शुक्रबार राति १० बजेको समयमा सिन्धुलीको सुनकोसि गाउपालिका वडा नं. १ कमेरे स्थित बिपि राजमार्गमा अबिरल बर्षासँगै आएको लेदो पहिरोले पुरिएको गाढीलाई प्रहरीले निकालेको छ । को १ च ८९५६ न. को पिकअप बोलेरो गाडि र उक्त गाडिका चालक जिल्ला सिराहा गोलबजार नपा-३ का ईन्दल साह उक्त लेदो पहिरोमा फसेकोमा प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले आज बिहान उद्धार गरेको छ । उद्धार गरिएका चालकलाई खाल्टेको भरोसा अस्पतालमा उपचार भइरहेको छ । घाईतेको दाईने खुट्टा फ्याक्चर भएको छ भने छातिमा सामान्य चोट लागेको छ । उक्त स्थानमा गाडिहरु सुचारु गराईएको प्रहरी चौकी दुम्जाले जानकारी दिएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top