२०७६ साल असार २८ गते शनिबार को राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ असार २७ गते शुक्रवार सिन्धुली

 

वि.सं.२०७६ साल असार २८ गते । शनिबार । ईश्वी सन् २०१९ जुलाई १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि द्वादशी,५० घडी ३१ पला,रातको ०१ बजेर ३० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अनुराधा,३२ घडी ५५ पला,बेलुकी ०६ बजेर २७ मिनेट उप्रान्त ज्योष्ठा । योग शुभ,०६ घडी ३४ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त शुक्ल । करण बव,दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त बालव,रातको ०१ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा अमृत योग । चन्द्रराशि बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी १६ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफुतिर ल्याउँन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिष्पर्धामा तपाईकै जित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउँने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउँको यात्रामा निश्कन सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावि आउँन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । राजनितिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-  व्पापार व्यावसाय फस्टाएर जाने तथा सापटि दिईएका रकमहरु फिर्ता आउँनाले दैनिकि सुदृड हुनेछ । आफन्त तथा कुटुम्बाट सहयोेग पाईनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । छोटो तथा उपलब्धिमुलक यात्रा हुनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्व सँग राय बाजिनेछ । विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तापनि लामो दुरिको बिदेश यात्राको योग रहेकोछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top