त्रिवीमा देखिएको बेथिति

सम्पादकीय २०७६ असार २६ गते बिहीवार सिन्धुली

 

त्रिभुवन विश्वविद्यालयले बुधबार ६० औँ वार्षिक उत्सव मनाईरहदा कुलपति एवं देशका प्रधानमन्त्री केपी ओली हिलाम्मे बाटोमा रातो कार्पेट ओछ्याएर उद्घाटनस्थल सम्म पुगेको दृश्य निकै ने भाइरल बन्यो । त्रिविको गेट छेऊमा देखिएको हिलाम्मे ठाउले त्रिविमा देखिएको बेथितिलाई प्रष्टैसँग उजागर गर्छ । पछिल्लो समय त्रिविमा थुप्रै बेथितिहरु हावि हुदैँ गएको छ । राजनैतिक प्रभावका कारण त्रिवि झन्झन् खुइलिदै गएको छ । कहिले विद्यार्थीको अंक परिवर्तन गर्ने घट्ना त कहिले त्रिविका आंगिक कलेजमा पठनपाठनमा देखिएको कमिकमजोरिका कारण विवादमा आइरहेको छ ।

 

देशकै ठूलो विश्वविद्यालयमा बेथितिका चांग छन् । तर, ती बेथितिको अन्त्यकालागि नियमनकारी निकाय मौन बसिरहेको छ । प्रधानमन्त्रीनै कुलपति रहेको विश्वविद्यालयको अवस्था दयनिय छ । यस्तो अवस्थामा राज्यले पनि त्रिविको सुधार र स्तरोन्नतिकालागि आवश्यक कदम चाल्न जरुरी छ । देशकै ठूलो विश्वविद्यालयको अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ । योमानेमा सम्बन्धित निकायले त्रिविको विकास र व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । अन्यथा, आगामी दिनमा त्रिवि एउटा निष्फल विद्यार्थी उत्पादन गर्ने थलो मात्र हुनेछ । अतः त्रिविमा देखिएको नराम्रा पक्षलाई हटाउन सबै सम्बन्धित निकाय सक्रिय हुन जरुरी छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top