रिलिफ नेपालद्धारा निर्माण गरिएका विद्यालय भवन बारे सरोकारवाला लाई जानकारी

सिन्धुली साैगात संवाददाता २०७६ असार २६ गते बिहीवार सिन्धुली

 

 

रिलिफ नेपाल सिन्धुलीले निर्माण गरेको विद्यालय भवनबारे बुधवार जिल्लाका सरोकारवालाहरुलाई जानकारी गराएको छ । बुधवार एक औपचारिक कार्यक्रमको आयोजनागरि रिलिफ नेपालले निर्माणको गरेको विद्यालय भवनबारे सरोकारवालाहरुसंग छलफल गरेको हो ।

 

अलहयान्ड्स एण्डहाट्सको सहयोगमा कमलामाई नगरपालिका वडा नम्बर १२ स्थित मावि बाझेमा ४ कोठे नयाँ भवन निर्माण गर्नुका साथै २ वटा भवनको मर्मत सम्भार गरेको जनाएको छ ।

 

 

१ करोड ६२ लाख १२ हजार ५ सय ६५ रुपैया मा ४ कोठाको भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण गरिएको रिलिफ नेपालले जनाएको छ ।

 

जसमा छात्रमैत्री शौचालय, पानी शुद्धिकरणको लागि फिल्टर प्लान्ट जडान गरिएको, खेल मैदानको व्यवस्था गरिएको, विद्यालय वरिपरि वृक्षारोपण गरिएको, विद्यालयको बिचमा कुलो रहेकाले त्यसको व्यवस्थापन गरिएको, चट्याङबाट जोगाउनकालागि विद्यालयमा अर्थिङको व्यवस्था गरिएको जनाएको छ । कम्प्युटर माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नकालागि विद्यालयलाई २४ थान कम्प्युटर वितरण पनि गरिएको छ । बाल सरक्षणनीतिको लागि योजना बनाइएको र विपतजोखिम न्यूनिकरणका लागि योजना बनाएको रिलिफ नेपालका मिडिया कोअर्डिनेटर लोकहरि आचार्यले बताए ।

 

 

भूकम्प प्रतिरोधात्मक भवन निर्माणभए संगै अभिभावकले आफ्ना छोरा छोरी र विद्यार्थीले आफू सुरक्षितभएको महसुस गरेको उनले बताए । जसका कारण विद्यार्थीहरु नियमित रुपमा विद्यालयमा आउने गरेको उनले बताए । यसले शिक्षण सिकाई क्रियाकलापमा समेत दीर्घकालिन रुपमा सुधार हुदै जाने उनको तर्क थियो ।

 

कार्यक्रममा डिलपिआइयूूका प्रमुुख शिवकुमार सापकोटाले नेपाल सरकारले समेत यस कार्यको अनुुशरणगर्नुु पर्ने भन्दै एउटा विद्यालयको सम्पूूर्ण कामहरु एकै पटक सम्पन्न भएकाले यो परियोजना प्रभावकारी भएको बताए । उनले नेपाल सरकारले खाली विद्यालयको भवनलाई मात्र पहिलो प्राथमिकता दिएकाले त्यस भित्रका शौचालय, खेलमैदान, कपाउण्डवाल जस्ता साना कुराहरु निर्माण नहुदाँ शिक्षण सिकाईमा समेत प्रभाव पर्ने तर्क गरे । उनले अव नेपाल सरकारबाट संचालित विद्यालय भवन निर्माणमा समेत यसको अनुुसरण भएमा अर्को पल्ट सोही विद्यालयको भौतिक संरचनामा थप काम गरिरहनुु नपर्ने उनको धारणा थियो ।

 

जिल्ला समन्वय अधिकारी डिकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदद्धय लेखराज दाहाल (राजन), विनोद खड्का, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंह, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख गोविन्द सेडाई, डिलपिआइयूूका प्रमुुख शिवकुमार सापकोटा लगायतको सहभागिता रहेको थियो ।

 

त्यस्तै रिलिफ नेपालले कमलामाई नगरपालिकाकै वडा नं. १२ मै रहेको सरस्वती आधारभूत विद्यालय रिठ्ठेबोटे र जन जागृति मावि टंशारमा पनि विद्यालय भवन निर्माण गरेको छ । साथै सुनकोशी गाँउपालिकामा पनि रिलिफले विद्यालय भवन निर्माण तथा मर्मत सम्भार गरेको कार्यक्रममा जानकारी गराइएको थियो । सो भवनहरु रिलिफ नेपालद्धारा सञ्चालित विद्यालय पुर्ननिर्माण परियोजना अन्तरगत निर्माण तथा मर्मत गरिएका हुन् ।

 

सोही परियोजनाले अब मरिण गाउँपालिकामा पनि भूकम्प प्रतिरोधात्मक तथा छात्रामैँत्री विद्यालय भवन निर्माण गर्ने जनाइएको छ । मरिण गाउँपालिका वडा नं. १ र ७ मा २ वटा विद्यालय निर्माणकालागि छनौट भइसकेकाले अव छिटै काम सुरु हुने मिडिया कोअर्डिनेटर आचार्यले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top