तिनपाटन गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

सुजता लामा २०७६ असार २५ गते बुधवार सिन्धुली

 

सिन्धुलीको तिनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्नुभएको हो ।

पालिकाको नीति तथा कार्यक्रममा पालिकाको सबै वडाबासीको पहुचमा बिजुलीको उज्यालो पुयाउने कामलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै चदाह खोला निन्त्रण गरी खेतियोग्य जमिनको संरक्षण गर्ने उल्लेख छ । जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टि गर्ने, हटेक टोल वस्तीमा सडक सञ्जाल जोड्ने, पूर्वाधार निर्माण गर्ने, पालिका वेरोजगार ठूलो संख्याका युवाहरुलाई रोजगारी दिने, परम्परागत ज्ञान सिपको व्यवसायिकरण तर्फ ध्यान दिने, पर्यटकीय सम्भाव्य रहेको क्षेत्रको विकासमा जोड दिइने उपाध्यक्ष तामाङले बताइन् ।

त्यस्तै गाउँपालिकाबाट प्रवाह गर्ने सेवा सुविधा छिटो छरितो उपलब्ध गराउने उल्लेख गरेको छ

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top