मृत्यु भएको युवती प्रति दलित सेवा समितिको समवेदना

सिन्धुली साैगात संवाददाता २०७६ असार २५ गते बुधवार काठमाडौं

 

सुनकोशी दलित सेवा समिति रामटार सिन्धुलीले हिजो दिउसो घर पोत्ने रातो माटो खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिदाँ मृत्यु भएका युवती प्रति समवेदना प्रकट गरेको छ । समितीले आज एक प्रेस विज्ञप्ती जारी गरी मृतक सुनकोसी गाउँपालिका–६ माख्लोटोलका २४ वर्षीया शर्मीला रम्तेल प्रति समवेदना प्रकट गरेको हो । मृतक रम्तेललको हिजो सिन्धुलीको सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा घर पोत्ने रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा माटोको ढिस्कोले पुरिदाँ मृत्यु भएको थियो ।

 

सुनकोशी दलित सेवा समिति रामटार सिन्धुलीका अध्यक्ष केशव लोहारद्धारा हस्ताक्षरित विज्ञप्तीमा ‘ सर्मिला रम्तेलको माटो खन्नेक्रममा ढिस्को झरेर पुरिदाँ असामयीक दुखत निधन भएको हदाँ मृतक प्रति हार्दिक समवेदना प्रकट गर्दै सोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस भनी कामना गर्दछौं’ भन्ने उल्लेख छ । समितिले विज्ञप्तीमा घाईते भएका सवैको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । समितिले स्थानिय सरकारसँग घाईते र मृतकको परिवारलाई उचित क्षतिपुर्ति दिन समेत माग गरेको छ ।
घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीया विमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकमाया रम्तेल घाइते भएका दिए ।

 

मृतक रम्तेल लगाएत त्यस क्षेत्रका स्थानिय दलित परिवारका सदस्यहरुले जीवीका चलाउनका लागी बेशीको रातो माटोलाई महाभारत क्षेत्रका नागी, मझुवा तिर लगेर आलु लगाएतका तरकारी र अन्नपातसँग साट्ने गरेका थिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top