खानेपानी आएपछि स्थानिय खुसी

सिन्धुली साैगात संवाददाता २०७६ असार २५ गते बुधवार काठमाडौं

deepa-bohora
 

सिन्धुलीको सुनकोशी गाउपालिका ५ तिनखोप्रेमा लिफ्ट मार्फत खानेपानी पुगेपछि स्थानिय खुसी भएका छन् । भुकम्प पछि पानीका मुहान सकेर खानेपानीको अभाव भई डेढ घण्टा सम्म हिडेर पानी ल्याएर खान बाध्य स्थानियहरु अहिले घरघरमा पनि पुगेपछि खुसी भएका हुन् । सुनकोशी गाउपालिकाको सहयोगमा सुनकोशीको पानी लिफ्ट गरी करिव एक हजारको उचाईमा रहेको तिनखोप्रेमा पुर्याएको हो । उक्त खानेपानी आयोजनाको उद्घाटन गर्दै सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले स्थानिय आवश्यकता अनुसार गाउपालिकाले विकास निर्माणको काम गर्ने बताउनुभयो । सुनकोशी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा प्रवक्ता कृष्णराज दाहालले गाउपालिकाले लिफ्ट खानेपानी र सिंचाईमा जोड दिएर निति तथा कार्यक्रम ल्याएको बताउनुभयो । कार्यक्रममा नेकपाका नेता प्रमोद दाहाल, जनप्रतिनिधिहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top