सिन्धुलीमा कार र हायस ठोकियो, १० घाइते, ३ गम्भिर

बुद्ध नेपाली २०७६ असार २५ गते बुधवार काठमाडौं

 

सिन्धुलीको सुनकोशी गाउपालिका –६ चयनपुरमा बुधवार विहान कार र हायस एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा १० जना यात्रु घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । काठमाडौंबाट सिन्धुली तर्फ आउदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । सिन्धुलीबाट काठमाडौं तर्फ जार्दै गरेको ना १ ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जादै गरेको कारले ओभरटेक गर्दा काठमाडौँबाट सिन्धुलीको खुर्कोट तर्फ आउदै गरेको हायससँग ठक्कर खाई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका इनिस्पेक्टर विरेन्द्र घिमिरेले जानकारी दिए ।

 

 

उनका अनुसार दुर्घटनामा हायसमा सवार ९ जना यात्रु र कारका चालक घाईतेका भएको छन् । घाईते सवैको सुनकोशी ६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए । बुधवार विहानै सुनकोशी गाउपालिका ३ गणेशस्थान नजिकै बस र हायस एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ। दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय रातमाटाले जनाएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top