अनावश्यक विरोध नगरौँ

सम्पादकीय २०७६ असार २१ गते शनिवार सिन्धुली

 

 

सगुन सौगात मिडिया प्रा.लि द्धारा संचालित सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिकाको एक अंकमा गलत मिति प्रकाशित भएपछि सामाजिक संजालमा केहिले पत्रिकाको बारेमा अनावश्यक विरोध गरेका छन् । दैनिक पत्रिकामा देखिएको सानो त्रुटिलाई लिएर समाजिक संजालमा विरोध हुनु पत्रिकामाथिको आग्रह या पुर्वाग्रह नै हो । सिन्धुली सौगातले झण्डै ८ वर्ष भन्दा बढि समयदेखि जिल्लामा सत्य, तथ्य र निष्पक्ष समाचारको वकालत गर्दै आएको छ । आठ वर्षको समयावधिमा पत्रिकाले जिल्लामा देखिएका विकृति र विसंगतिका बारेमा सधैँ आवाज उठाउँदै आएको छ । आवाजविहिनको आवाज बनेर सिन्धुली सौगातले निरन्तर सिन्धुलीवासीलाई यथार्थ कुराबाट सुसूचित गर्दै आएको छ । तर, एकदिनको सानो गल्तिलाई लिएर समाजिक संजालको भित्तामा मजाक उडाउनेहरुले पत्रिकाको सकारात्मक पक्षलाई नजरअन्दाज गर्दा बदलाको भाव प्रष्टै देखिन्छ । समाचार लेखेकै भरमा बदलाको भावले पत्रिकामाथि खनिनु दुःखद कुरा हो ।

 

 

आठ वर्षको अवधिमा सिन्धुली सौगातले यस्ता कयौँ नकारात्मक प्रतिक्रियाहरुको सामना गरिसकेको छ । विगतमा कुनै एक दल र व्यक्तिको समाचार लेख्दा सिन्धुली सौगातमाथि आग्रह पुर्वाग्रह राख्दै बन्द गराउने समेतको चलखेल नभएको पनि होइन । तर, जिल्लावासीको निरन्तरको माया र सहयोगले गर्दा आज जिल्लाकै उत्कृष्ट पत्रिकाको रुपमा सिन्धुली सौगात स्थापित भएको छ । तसर्थ, मिति गलत प्रकाशित भएको कुरालाई लिएर बबण्डर मच्चाउनेले पत्रिकाको समाचार र सामाग्रीको मुल्यांकन गर्न जरुरी छ । तिललाई पहाड बनाएर कुनै एक संस्थाको मजाक उडाउने अधिकार कसैलाई छैन । गलत समाचार सम्प्रेषण भएको खण्डमा जिल्लावासीले खबरदारी गर्नेनै छन् । तर, यस्ता ससाना विषयलाई लिएर विरोधिहरुले मुद्धा बनाउदैँमा सिन्धुली सौगातको टिम कदापि विचलित हुनेछैन । अतः आगामी दिनमा पनि सिन्धुली सौगातले पाठकवर्गलाई सत्य, तथ्य र निष्पक्ष समाचारबाट सुसुचित गराउनेनै छ र ससाना गल्तिबाट पाठ सिक्दै थप सशक्त भएर अघि बढ्ने सबै पाठकवर्गलाई विश्वास दिलाउन चाहान्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top