वर्षायामको पीडा

सम्पादकीय २०७६ असार १३ गते शुक्रवार सिन्धुली

 

असार ५ गते देखि नेपालमा मनसुन प्रवेश गरेको छ । औसत समयभन्दा १० दिनअघि शुरु भएको मनसुनले देशका केहि जिल्लाका नागरिकलाई धेरै समय देखि आनन्दले वर्षा याम बिताउन दिएको छैन । हरेक सालको वर्षायाममा तराईवासीले बाढीको सामना गर्नु पर्छ । त्यो नियति यो वर्ष पनि पुरानै पारामा दोहोरिने देखिन्छ । हिउँदयाममा शान्त बग्ने साना खोलाहरु वर्षाको बाढीसंगै विनाशकारी बन्ने गर्छन् । वर्षायाममा बाढि र पहिरोको समस्याले स्थानियवासीलाई पिरोल्ने गर्दछ । गत वर्ष पनि बाढी पहिरोका कारण सयौँ नागरिकले ज्यान गुमाउनु परेको थियो । प्राकृतिक प्रकोपलाई रोक्न कसैले सक्दैन । तसर्थ, प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगाउन राज्यले सावधानी अपनाउनु पर्छ । विगतमा जस्तो ठूलो मानविय क्षतिले देशले यो वर्षा याममा नदेख्ला भन्न सकिन्न ।

 

तसर्थ, राज्यले प्राकृतिक प्रकोप बाट निम्तन सक्ने क्षति कम गर्न आवश्यक पुर्व तयारी गर्नुपर्छ । आगामी दिनमा बाढी, पहिरो लगायतका प्राकृति प्रकोप बाट नागरिकलाई सुरक्षित बनाउन राज्यले विशेष ध्यानदिन आवश्यक छ । अतःप्राकृतिक प्रकोपकोे प्रभाव रोक्ने दिर्घकालिन उपाय अपनाउन राज्य गम्भिर हुन जरुरी छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top