२०७६ साल असार १३ गते  शुक्रबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ असार १२ गते बिहीवार सिन्धुली

 

वि.सं.२०७६ साल असार १३ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुन २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि एकादशी,५७ घडी ०३ पला,रातको ०४ बजेर ०३ मिनेट उप्रान्त दुवादशी । नक्षत्र अश्विनी,०४ घडी ४५ पला,बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त भरुणी । योग सुकर्मा,४१ घडी ३६ पला,बेलुकी ०९ बजेर ५० मिनेट उप्रान्त धृति । करण बव,दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त वालव,रातको ०४ बजेर ०३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा वज्र योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३४ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुना पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । भौतिक सम्पतिको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलंकार उपाहार पाईनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- पढाईलेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारि चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनि बिदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरि असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका बस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई रोकिन सक्छ ध्यान दिनुहोला ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- काम गर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानिमा चित्त बुझाउनु पर्नेछ । व्यापारकै शिलशिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथिभाई तथा जीवन साथिको सहयोग नपाईदा कामहरु बिचमानै छोड्नु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेकोछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पढाई लेखाईमा सहपाठिहरुलाई किनारा लगाउँदै एक कदम अगाडि बढ्न सकिनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्निबिच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- समय र कामको तालमेल नमिल्दा योजनाहरु थाति रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानि नहुनाले लगानिको बाताबरण टरेर जानेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनिति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दि आएपनि घरजग्गा तथा सवारि साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुदानै राम्रो हुनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । लेखन कला तथा साहित्यमा बाकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउँने चाहनेहरुला लागि समय उत्तम रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दि आउँनेछ । प्रेममा अबिश्वास सिर्जना हुनेछ । गित संगितको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top