विश्व सम्पदालाई ओझेलमा नपार

सम्पादकीय २०७६ असार १२ गते बिहीवार सिन्धुली

 

संयुक्त राष्ट्रको विशेष संस्था युनेस्कोले काठमाडौँमा रहेका ६ सम्पदाहरुलाई विश्व सम्पदामा सूचिकृत गरेपनि संरक्षणको अभावले गर्दा खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । विश्व सम्पदाका रुपमा युनेस्कोले सूचिकृत गरेको सम्पदा संकटमा पर्दै गएको छ । विश्व सम्पदामा सूचीकृत गर्दा सम्पदाको गुणलाई कायम गर्न नसक्दा युनेस्कोले खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । विगतमा पनि उक्त संस्थाले चेतावनि दिइरहेको थियो । तर, सम्पदाको संरक्षणमा राज्यले देखाएको उदासिनताले गर्दा यो अवस्था सिर्जना भएको छ । सम्पदाका गुणमा धेरै ह्रास आएका छन् । अहिले सम्पदा कसैको पनि नियन्त्रणमा नभए जस्तो देखिन्छ । सम्पदा संरक्षणकानिम्ति निति नियम बनेपनि लागू नहुँदा नेपालका स्मारक तथा परम्पराहरूको संरक्षण र पुनःस्थापना हुन सकिरहेको छैन । पर्यटकलाई आकर्षित गर्न पनि विश्व सम्पदाले महत्वपुर्ण भुमिका खेलेको छ । तसर्थ, सम्पदाको संरक्षण र मापदण्ड कायम गर्न राज्य गम्भिर हुन आवश्यक छ ।

 

त्यसैगरि, युनेस्कोको आगामी सेसनमा नेपालले खतराको सूचीबाट उम्कन फलदायक उपस्थिति जनाउन सक्नुपर्छ । अतः विश्व सम्पदालाई जोगाइराख्न राज्य गम्भिर हुन जरुरी छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top