कर राजस्व फर्म दर्ता सम्बन्धि अन्तरक्रिया

सिन्धुली साैगात संवाददाता २०७६ असार ७ गते शनिवार सिन्धुली

 

आर्थिक ऐन २०७६ ले गरेको संशोधन तथा कर राजस्व फर्म दर्ता आदी सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

 

उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजना, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ३ को सहयोग तथा घरेलु तथा साना उद्योग विकास समिती शाखा सिन्धुली र आन्तरिक राजस्व कार्यालय जनकपुरको समन्वयमा कार्यक्रम भएको हो ।

 

उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र वैदारको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितीका प्रमुख मादव प्रसाद काफ्ले, आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत राम प्रकाश महत लगाएत उद्योग वाणिज्य संघमा आवद्ध व्यापारीहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा सबैले अनिवार्य रुपमा व्यववसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने, करको दायरामा आउनुपर्ने लगाएतका विषयमा छलफल भएको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top