कमलामाई नगरपालिका ले फलफूलको विरुवा वितरण गर्ने

राधिका बुढाथोकी, २०७६ असार २ गते सोमवार सिन्धुली

 

कमलामाई नगरपालिका सिन्धुलीले ५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्ने भएको छ । २०७५/०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अनुदानमा फलफूलको विरुवा वितरण गर्न लागेको हो ।

 

बर्षे फलफूलको विरुवाहरु आँप,लिचि,कागती,अनार,सुपाढी,कटहर,कफी लगाएतको वोटविरुवा वितरण गरिने कृषि शाखाका प्राविधिक प्रमुख देवि प्रसाद सापकोटाले बताए । उनले यही असार १० गते भित्र इच्छुक किसानलाई सम्बन्धित वडाका प्राविधिक तथा कमलामाई नगरपालिकाको कृषि शाखामा निवेदन पेश गर्न आग्रह गरे ।

 

कृषि शाखाका प्राविधिक प्रमुख सापकोटाका अनुसार अनुदानमा विरुवा दिनका लागी नागरिकताको फोटोकपी एक प्रतिलिपी,लालपुर्जाको प्रतिलिपी एक प्रति र निवेदन एक प्रति बुझाउनु पर्ने हुन्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top