ग्ल्यामर फोटो पोस्ट गर्दा डाक्टरको लाइसेन्स खारेज(तस्विर हेर्नुस)

सिन्धुली साैगात संवाददाता २०७६ असार १ गते आइतवार काठमाडौं

 

 

ग्ल्यामर फोटो पोस्ट गर्दा एक मोडलको डाक्टरको लाइसेन्स खारेज भएको छ । डाक्टरको यो लूक म्यानमार मेडिकल काउन्सिललाई आपत्तिजनक लाग्यो । जसकारण काउन्सिलले उनको लाइसेन्स रद्द गर्ने निर्णय गर्‍यो ।

 

 

नाङ मे सान नामक एक मोडलको लाइसेन्स खारेज भएपछि उनले व्यक्तिगत स्वतन्त्रताको हनन भएको आरोप लगाएकी छिन् । तस्वीरमा नाङ बोल्ड देखिएकी थिइन् । उनले अमेरिकी मोडल केन्डल जेनरको स्टाइल नक्कल गरेकी थिइन् ।

 

 

काउन्सिलले पत्र पठाउँदै यो म्यानमारको संस्कृतिको विरुद्ध भएको बताएको छ । नाङले सन् २०१७ देखि मोडलिङ गरिरहेकी छिन् । साथै उनले पाँच वर्षदेखि डाक्टर पढ्दै आएको विदेशी मिडियाले लेखेका छन् ।

 

 

उनले मेडिकल क्षेत्रमा ड्रेस कोडको कुनै पाबन्दी नभएकाले आफूले इच्छाअनुसारको कपडा लगाउने गरेको बताउँदै आएकी छिन् ।

 

 

 

उनले काउन्सिलको पत्रलाई अस्वीकार गर्ने पनि बताएकी छिन् । एजेन्सीका अनुसार उनी यसविरुद्ध मुद्दा दर्ता गर्ने योजनामा छिन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top