विपी राजमार्ग सफा राखौँ

सम्पादकीय २०७६ जेठ ३१ गते शुक्रवार सिन्धुली

 

देशकै सुन्दर राजमार्ग, विपी राजमार्गमा दिनहुँ सयौँ गाढी गुड्ने गर्दछ । सिन्धुली लगायत पुर्वि जिल्लाबाट राजधानी पुग्न नजिक दुरी भएपछि विपी राजमार्गको प्रयोग बढेको छ । सवारीसाधन बढेसँगै दुर्घट्नाको मात्र नभएर फोहोरको समस्यापनि उत्तिकै छ । राजमार्गमा दुर्घट्ना न्युनिकरण हुनुपर्छ भनेर बारम्बार आवाज उठेपनि राजमार्गलाई सफा र फोहोर रहित बनाइनुपर्छ भन्ने आवाज कमै सुनिन्छ ।

 

केहि समयअघिदेखि भने राजमार्ग सरसफाईकालागि कदम चालिएको छ । दिनमा सयौँको संख्यामा गुड्ने सवारीसाधनबाट फोहोर फ्याल्दा राजमार्ग दुर्गन्धित बन्दै गएको अवस्थामा राजमार्गको सरसफाई हुनु स्वागतयोग्य कदम हो । राजमार्ग सरसफाईकालागि गाढीमा डस्टिबनको व्यवस्था, फोहोर फ्याक्नेलाई कार्वाही लगायत थुप्रै राम्रा कदमहरु चालिने भएको छ ।

 

सरसफाईमा पनि राज्यलाई नै पर्खने भन्दा पनि नागरिक स्वयं पनि सचेत हुन आवश्यक छ । यात्रुले गाढीबाट फोहोर नफ्याल्ने हो भने राजमार्ग आफैँ पनि सफा हुन्छ । त्यसैले, यात्रुहरुले जथाभावि गाढीबाट फोहोर फ्याल्ने प्रवृद्धि अन्त्य गर्नुपर्छ । त्यसैगरि, यातायात व्यवसायीले पनि गाढीमा डस्टिबनको व्यवस्था गर्ने यथाशिध्र कदम चाल्नुपर्छ । जथाभावि फोहोर फ्याल्नेलाई कानुन बमोजिम कार्वाही गर्न पनि सम्बन्धित निकायले ढिलाई गर्नुहुदैँन । अतः नेपालकै सुन्दर राजमार्गलाई कुरुप हुन नदिन सबै सचेत हुन आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top