सिन्धुली लिग फुटबलका समुह चरणका खेल सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३० गते बिहीवार सिन्धुली

 

सिन्धुलीमाढीमा जारी जिल्लास्तरिय लिग फुटबलका समुह चरणका खेलहरु सकिएको छ । समुह चरणको अन्तिम दिन बिहिबार पहिलो खेलमा समुह सि का नवप्रतिभा युवाक्लब र शान्ति युवा क्लब मरिण त्यसैगरी दोसा्रे खेलमा समुह डि का ब्लु अल्पाईन र जनहितैसी क्लब मरिण दुवैले गोल रहित बराबरी खेलेका छन् ।

 

प्रतियोगितामा समुह ए बाट जरायोटार युवा क्लब समुह विजेता र जनसंगम युवा क्लब उपविजेता, समुह बि बाट नमुना जनउत्थान क्लब डकाहा समुह विजेता र शुभसिन्धु युवा क्लब ढुंग्रेबास समुह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

 

समुह सि बाट नव प्रतिभा युवा क्लब समुह विजेता र शान्ति युवा क्लब मरिण उपविजेता, समुह डि बाट जनहितैसी क्लब मरिण समुह विजेता र ब्लुअल्पाईन क्लब समुह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

 

एक समुहमा तिन टिम गरि जिल्लाभरका १२ सहभागी टिमलाई चारवटा समुहमा बिभाजन गरिएको थियो । प्रतियोगिताको नकआउट चरणमा एक समुहको विजेताले अर्को समुहको उपविजेता सँग खेल्नेछ ।

 

नकआउट चरणको पहिलो खेल भोलि दिउँसो १ बजे समुह ए को विजेता जरायोटार युवा क्लब ले समुह सि को उपविजेता शान्ति युवा क्लब मरिण यस्तै दाश्रो खेल भोलदिउँसो ३ः३० बजे समुह बि को विजेता नमुना जनउत्थानले समुह डि को उपविजेता ब्लुअल्पाईन क्लब सँग खेल्नेछ ।

 

नकआउट चरणको अर्को खेल शनिवार १ बजे नब प्रतिभा यूवा क्लव र जन संगम यूवा क्लव बिच हनेछ भने दोश्रो खेल ३ :३० वजे जन हितेसि यूवा क्लव र शुभ सिन्धुली यूवा क्लव हुनेछ ।

 

लिगको सेमिफाइनल आषाढ १ गते र फाइनल आषाढ ३ गते हुने आयोजकले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top