२०७६ साल ज्येष्ठ ३१ गते शुक्रबारको राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३० गते बिहीवार सिन्धुली

 

 

वि.सं.२०७६ साल ज्येष्ठ ३१ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुन १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि दुवादशी,२७ घडी ०२ पला,दिउसो ०३ बजेर ५८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र स्वाती,१५ घडी १६ पला,बिहान ११ बजेर १६ मिनेट उप्रान्त विशाखा । योग शिव,४८ घडी ४७ पला,रातको १२ बजेर ४० मिनेट उप्रान्त सिद्ध । करण बालव,दिउसो ०३ बजेर ५८ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा गद योग । चन्द्रराशि तुला,रातको ०४ बजेर ५१ मिनेट उप्रान्त बृश्चिक । प्रदोष व्रत । रक्तदाता दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३३ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समय मध्ययम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाडै बस्नु उचित हुनेछ । व्यावसायमा लगानि कर्ताहरु बिच मनमुटाब सिर्जना हुने योग रहेकोछ । लामो दुरिको व्यावसायिक यात्रामा बिलम्ब हुनेछ । सवारी साधन तथा अन्य हार्डवयेर सँग सम्बन्धित बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा सत्रुले सताउँनेछन् ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :-कुनै पनि विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरिमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्द अग्र स्थानमा तपाईको नाम आउँनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरुदिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा नकिज हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतिमा मन प्रशन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आफन्तहरु टाडिने तथा पति पत्निविच सामान्य मनमुटावको सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-  बिभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्ने सकिनेछ । दाजुभाई,आफन्त तथा छिमेकिका साथ रमाईलो गर्दै दिन व्यातित हुनेछ । व्यापार व्यावसायमा लगानि गरि पछिको लागि आम्दानि सुनिस्चित गर्न सकिनेछ । प्रेमको गाठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाई लेखाई प्रगतिकै बाटोमा लैजान सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :-रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- लगानि गर्दा ध्यान दिनुहोला प्रतिफल पाउँन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ भने बिदेशी लगानिबाट सञ्चालित सस्थाबाट भने मनग्गे मुनाँफा कमाउँन सकिनेछ । बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ । पढाई लेखाईमा अलि बढि मेहनेतको खाचो पर्ने देखिन्छ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-कर्मभावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- व्यावसायमा लगानि गरेपनि समयमा प्रतिफल प्राप्त नहुदा आर्थिक संकटको सामना गर्नुपर्ला । आम्दानिको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहादा नचाहादै तपाईको बोलिले अरुको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरु घट्न सक्छ । पढाई लेखाईमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन । मनमा एक किसिमको निरासापनको बिकास हुने योग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top