सिन्धुलीका किसान लोकल कुखुरा पालन तर्फ आकर्षित

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३० गते बिहीवार सिन्धुली

 

मासुका लागि ब्रोइलर,गिरिराज, लगायत विभिन्न जातका विकासे प्रजातिका कुखुराको प्रचलन बढी रहेका बेला सिन्धुलीका किसानहरु भने स्थानीय जातका कुखुरा पालन तर्फ लागेका छन् ।

 

तीनपाटन गाँउपालिका–११ का बिसानले डिरेड एग्रोसिभ नामक प्रा.लि दर्ता गरेरसाझेदारी रुपमा स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेका छन् । गतबर्ष परिक्षणको रुपमा पाँच सय कुखुरा पालेर उत्साहित भएका किसानले यस वर्ष गाँउमै दुई हजार लोकल कुखुरा पालन गर्न सुरु गरेका हुन् ।

 

गाँउघरमा समेत मासिदै गएको बेला उनि हरुले एकैपटक ठुलो संख्यामा लोकल कुखुराको पालन सुरु गरेका हुन् । “जताततै बोइलर कुखुराको पालन भइरहेको समयमा हामीले स्थानीय जातको लोकल कुखुराको व्यवसायीक पालनमा जुटेको हुँ,” प्रालिका सञ्चालक नेत्रहरि दुलालले भने । गत वर्ष परिक्षणका रुपमा लोकल कुखुरा पालन गरेर उत्साहित भएका कृषक दुलालले यो वर्ष एकैपटक १५ सय थप गरेका छन । “गतवर्ष हामीले पाँच सय लोकल कुखुरा पालन गरेका थियांै, त्यो सफल भयो, त्यसपछि कुखुरा पालनमा हौसिएका हौं” दुलालले भने ।

 

स्थानीय जातका कुखुराको मासु मात्र नभइ अण्डा पनि बजारमा सजिलै बिक्री हुने भएकाले उनिहरु स्थानीय जातका कुखुरा पालन तर्फ आकर्षित भएका हुन् ।

 

विकासे कुखुरा भन्दा पाल्नका लागि सजिलो हुने, स्थानीय जातका कुखुरामा रोग पनि कम लाग्ने र बजारमा बिक्री गर्दा मुल्य पनि विकासे कुखुराको भन्दा राम्रो आउने भएका कारण किसानहरुले लोकल जातको कुखुराहरु पाल्न सुरु गरेको उनले बताए ।

 

विकासे जातका कुखुराहरुलाई भन्दा लोकल कुखुराहरु पाल्नका लागी मेहनत धेरै गर्न समेत नपर्ने भएकोले किसानहरुले लोकल कुखुरा पाल्न थालेको बताउछन । विकासे कुखुरालाई जस्तो बजारबाट दाना किनेर खुवाउनु नपर्ने, रेखदेख पनि बढी गर्नु नपर्ने भएकाले लगानी पनि धेरै गर्नु नपर्ने र लगानी डुब्ने खतरा पनि कम भएको प्रालिकी प्रबन्धक भगवती श्रेष्ठले बताइन ।

 

कुखुरा चार महिना जतिका भएपछि वरपर भएका छारबुट्टा घास नै खाने भन्दा दाना भन्दा स्थानीय स्तरमा पाइने धान, मकै गहुँलगायतका अन्न नै आहाराका रुपमा दिने गरेका छौं, श्रेष्ठले भनिन् ।

 

दुलालले चल्लाहरु मोरङ र बुटवल प्रतिगोटा खरिद गर्दा दुइसय रुपैंयाको दरले ल्याएको बताए ।

 

आउने दशैंका हाल फर्ममा हालेको कुखुरा तयार हुने दुलालको भनाई छ । गत वर्ष हामीले गाउँमै एक हजार प्रतिगोटा बेचेका हौं, यति कुखुरालाई बजारको कुनै समस्या छैन, उनले भने, “तयारी हुने वित्तिकै केहि हप्तामै विक्री भइहाल्छ । ”उनले दशैंको समयमा माग बढ्ने भएकाले सोही समयलाई मध्यनजर गरि चल्ला हालिएका बताए । ६ महिनामा तयारी हुने कुखुरा हाल दुईदेखि तीन महिना पुगेका छन् ।

 

“हामीले पहिला परिक्षणका क्रममा तयार भएको लोकल कुखुरा प्रतिगोटा एक हजार रुपैयाँमा विक्री गरेका हौं’, दुलालले थपे, “यो पटक दशैंलाइ समेत लक्षित गरिएको छ, अब भने तौल गरेरै विक्री गर्छौ ।” फर्ममा दुई हजार कुखुरा भएकाले स्थानीय बजार तथा माग अनुसार काठमाडौंलगायतका शहरमासमेत विक्री वितरणका लागि लगिने उनले बताए । लोकल कुखुरा तयार हुँदा एउटा लोकल कुखुराको डेढदेखि दुई किलोसम्म हुने भएकाले पाँच लाख लगानी गरेर हालिएको चल्लाबाट राम्रो नाफा हुने उनको धारणा छ ।

 

यो कुखुराबाट झन्डै २० लाख आम्दानी हुन्छ, उनले भने । कुखुरा पालनमा गाँउपालिकाबाट प्राविधिक सहयोग पाएको उनले जनाए । उक्त प्रालीको फर्ममा लोकल कुखुरा मात्रै हैन, परिक्षणकै रुपमा कडकनाथ जातका कुखुरासमेत पालन गरिएको छ । कुखुरा पालन गर्ने किसानलाई गाँउपालिकाको तर्फबाट गर्न सकिने सहयोग गरिएको र उक्त फर्ममासमेत प्राविधिक सहयोग भएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जनाए ।

 

“स्थानीय जातका लोकल कुखुराको अण्डा संकलन गरेर ह्याचरीबाट चल्ला निकाल्ने योजना हामीले बनाएका छौं,”दुलालले बातए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top