सिन्धुली अस्पतालको ओ.पि.डी सेवा पुनःसंचालनमा

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २९ गते बुधवार सिन्धुली

 

चिकित्सकहरु माथि असुरक्षा बढेको भन्दै सिन्धुली अस्पतालको ओ.पि.डी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सक तथा कर्मचारीहरु काममा फर्केका छन् ।

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार, दोषीलाई तत्काल कानुनी कारवाहीमा ल्याउने र अस्पतालभित्र सुरक्षाको प्रत्याभूति दिने सहमति भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी काममा फर्केका हुन । बुधवार बिहान प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम,जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्र बहादुर सिंह, अस्पताल विकास समति, चिकित्सक, पत्रकार, नागरिक समाज लगायतको सर्वपक्षीय बैठकले दोषीलाई ७२ घण्टाभित्र कानुनी दायरमा ल्याउने सहमति भएको जनाईएको छ ।

 

सिन्धुली अस्पतालमा कार्यरत डा. दिवस ढकाल र अन्य चिकित्सकहरुमा माथि सोमबार राति ११.३० बजेको समयमा अपशब्द बोले सँगै हातपात भएको जनाइएको छ । अभियुक्त कमलामाई नगरपालिका १० का कृष्ण बस्नेत बिरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईएको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top