२०७६ साल ज्येष्ठ ३० गते बिहीबारको राशिफल( ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २९ गते बुधवार सिन्धुली

 

वि.सं.२०७६ साल ज्येष्ठ ३० गते । बिहीबार । ईश्वी सन् २०१९ जुन १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि एकादशी,३० घडी ५९ पला,बेलुकी ०५ बजेर ३३ मिनेट उप्रान्त दुवादशी । नक्षत्र चित्रा,१७ घडी २८ पला,दिउसो १२ बजेर ०९ मिनेट उप्रान्त स्वाती । योग वरियान् ,०० घडी २२ पला,बिहान ०५ बजेर १८ मिनेट उप्रान्त परिघ,रातको ०२ बजेर ५१ मिनेट उप्रान्त शिव । करण वणिज,बिहान ०६ बजेर २८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ३३ मिनेट उप्रान्त वव । आनन्दादिमा चर योग । चन्द्रराशि तुला । निर्जला एकादशी व्रत। तुलसीबीजरोपण (तुलसीको दल राख्ने दिवस। काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३३ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समय र परिस्थितिले साथ नदिदा व्यापारमा लगानि डुब्ने खतरा रहेकोछ । व्यापारकै सवालमा गरिने यात्रा निष्फल हुनेछ । सानो बिषयमा घर परिवार तथा आफन्त सँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउँन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- प्रियजन भेट हुनुको साथै आधित्यपुर्ण सम्मान पाईनेछ । पढ्ने लेख्नेकाममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- सजक नबन्दा आफन्त टाडिनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनितिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । प्रेममा मनमुटाब बढ्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यतित गर्न सक्नेछन् ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):-  प्रबिधिको प्रयोग गरि रचानात्मक काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरु उपलब्धिमुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा समयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । राजनीतिमा समय दिनेहरुका लागि समयले साथ दिनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यापार व्यावसायमा मन्दि आउँने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामनको व्यापारमा कमि आएपनि बिदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरुतिरै जानेछ । प्रेममा धोका तथा अबिश्वास बढ्ने योग रहेकोछ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्यांकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा लागनिका प्रस्ताव आउँने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालवा लामो दुरिको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पतिको प्रयोग गर्न पाईनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । राजनितिज्ञको लागि जनताको काम गरि पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानि कम हुने तथा लगानि गर्न केहि समय कुर्नुहोला । प्रेममा अबिश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

 

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top