सिन्धुलीको दुर्गम गाँउमा दर्जनभन्दा बढी डेरी उद्योग

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २९ गते बुधवार सिन्धुली

 

गाँउमा दुध उत्पादन बढेपछि सिन्धुलीको दुर्गम क्षेत्रमा रहेका नेत्रकाली र शान्तेश्वरीका किसानले गाँउमै डेरी उद्योग खोलेर आम्दानी लिएका छन् ।

 

ध्याङलेख गाँउपालिका वडा नं. ४ नेत्रकाली र वडा नं. ५ शान्तेश्वरीका किसानले गाँउमै डेरी उद्योग खोलेर मखन र छुर्पि उत्पादन गरी बिक्री गरेर मनग्ये आम्दानी लिन थालेका हुन् । जिल्लाको पश्चिम दुर्गम क्षेत्रमा रहेका यी ठाँउमा पशुपालन व्यवसाय गर्ने किसानले गाँउमै डेरी उद्योग सञ्चालन गरि आफ्नो गाँउलाई मखन र छुर्पिका लागि लोकप्रिय बनाएका छन् ।

 

स्थानीय किसानका अनुसार यतिखेर नेत्रकाली र शान्तेश्वरीमा साना ठूला गरि एक दर्जनभन्दा बढि डेरी उद्योग सञ्चालनमा रहेका छन् । नेत्रकालीस्थित गोपेका डेरि सञ्चालक किसान चक्रबहादुर पाख्रिनले गाँउमा उत्पादन भएको दुध खपत हुन नसकेपछि किसान आफैले डेरी उद्योग स्थापना गरि आम्दानी लिन थालेका बताए ।

 

“मेरो डेरीमा यतिखेर दैनिक ८० लिटर दुध सङकलन हुदै आएको छ,” उनले भने, “१५ जना किसानले दैनिक दुध बेचेर आम्दानी लिन पाएका छन् । उनीहरुले लिने आम्दानी भने दुधबाट निस्कीने फ्याट अनुसार हुन्छ । फ्याटको सात रुपैया का दरले दुध लिटरको ४२ रुपियासम्म पर्न जान्छ ।” दुध बेचेर एक जना किसानले मासिक २३ हजार रुपैयासम्म कमाउने गरेको उनले जानकारी दिए ।

 

वडा नं. ४ का अध्यक्ष समेत रहेका डेरी सञ्चालक पाख्रिनले उत्पादन भएको मख्खन र छुर्पीको बजार भने स्थानीय स्तमा नभएको गुनासो गरे । उत्पादित मख्खन र छुर्पि बिक्रीका लागि बनेपा पु¥याउनु पर्ने बाध्यता रहेको डेरि सञ्चालक बताउछन् ।

 

सोही ठाँउका अर्का डेरी सञ्चालक बुद्ध पाख्रिनले भने, “एक हप्तासम्म लगाएर मखन र छुर्पि उत्पादन गर्छौ । त्यसपछि बिक्री गर्न बनेपा पुर्‍याउछौं ।” एउटा डेरी उद्योग सञ्चालन गर्न ५० हजार रुपैया सम्म लगानी गर्नु पर्ने उनको भनाई छ । उक्त डेरीमा पनि स्थानीय २५ जना किसानले दैनिक रुपमा दुध बिक्री गरी ११० लिटर सङकलन हुदै आएको उनले जानकारी दिए ।

 

डेरी उद्योगका कारण गाँउमा भैंसि पालन व्यवसाय पनि फस्टाउदै गएको स्थानीय किसान बताउछन् ।

 

गोपेकै किसान बेलीमाया तामाङले दैनिक १५ लिटर दुध डेरीमा पुर्‍याएर बिक्री गरि मासिक २३ हजार रुपैया कमाउदै आएको बताइन । “दुध बिक्रीबाट हुने आम्दानीले राम्रोसँग घर खर्च चलेका छ,” उनले भनिन, “उत्पादन भएको दुध कहाँ लगेर बिक्री गर्नु भन्ने चिन्ता लिनु परेको छैन ।” नेत्रकाली र शान्तेश्वरी बिकट पहाडी क्षेत्र भएकाले पशुपालनका लागि उपयुक्त रहेको स्थानीय किसान बताउछन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top