सिन्धुलीमा निःधार सुरु

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २९ गते बुधवार सिन्धुली

 

सिन्धुली कला घर निर्माण सहयोगार्थ तथा सिन्धुलीको साट्यसंस्कृतिको विकासका लागि नाटक “निःधार” सुरु भएको छ । सिन्धुली कला घरको आयोजना तथा पकेट थ्रियटरको प्रस्तुतिमा पाँच दिन सम्म सञ्चालन हुने नाटक आज एक कार्यक्रमका विच उद्घाटन भएको छ ।

 

 

नाटक उद्घाटन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले सिन्धुलीको कला तथा साँस्कृतिक क्षेत्रको विकासकोलागि कमलामाई नगरपालिका सदैव प्रतिवद्ध रहेको वताए । कार्यक्रममा मेयर खत्रीले सिन्धुली कला घर अहिले पर्यटक भुल्लिने ठाउ भएकोले त्यसको विकासको लागि यहाँका स्थानीय तह, निजी क्षेत्र सबैले सहयोग गर्नु पर्ने वताए ।

 

समाजमा रहेको महिलाको समस्यालाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकको लेखन तथा निर्देशन कृष्ण खड्काले गरको थियो भने नाटकमा पवित्रा रम्तेल, रिता पाख्रिन, निरुता लामा, सुस्मा हायू, आयुस्मा देवकोटा, पदम भाई, पुजा गौतम, आकृति देवकोटा लगायतले अभिनय गरेका थिए । नाटक जेष्ठ ३२ गते सम्म सञ्चालन हुने कला सिन्धुलीका संयोजक नेपाली बाबु सुमनले जनाए ।

 

 

जागरण क्लवका अध्यक्ष नविन श्रेष्ठको अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इसाक सिन्धुलीका विजय तामाङ, पत्रकार राजकुमार कार्की, कृष्णहरी घिमिरे, अनिल भण्डारी लगाएतले शुभकाममन मन्तव्य राखेका थिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top