२०७६ साल ज्येष्ठ २९ गते बुधबार को राशिफल (ज्योतिषी दुर्गा भण्डारी )

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २८ गते मंगलवार काठमाडौं

 

वि.सं.२०७६ साल ज्येष्ठ २९ गते । बुधबार । ईश्वी सन् २०१९ जुन १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि दशमी,३५ घडी ४४ पला,बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त एकादशी । नक्षत्र हस्त,२० घडी २६ पला,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त चित्रा । योग व्यातिपात,०७ घडी ०६ पला,बिहान ०८ बजेर ०० मिनेट उप्रान्त वरियान् । करण तैतिल,बिहान ०८ बजेर ३० मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कन्या,रातको १२ बजेर ४२ मिनेट उप्रान्त तुला । गंगा दशहरा। रामेश्वर गंगापूजा। वज्रगुरु पद्मसम्भव जयन्ती। गोसाइँकुण्ड स्नान समाप्ति। हत्यामोचन तीर्थस्नान। रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव। सर्वार्थ्सिद्धि योग दिउसो ०१ बजेर २० मिनेटसम्म । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३२ पला ।

 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-  नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- लामो दुरिको यात्राको लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायि रहनेछ । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउँनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्राकाम गर्ने अवसर गुम्नेछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । पैत्रिक धनसम्पतिका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-  समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनि काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- व्यापारमा लगानि गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरु सँग राय बाजिनेछ । माया प्रेममा धोका तथा बिश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापार लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यावसायबाट मनग्गे धन आर्जन हुनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्राको तय हुनेछ । भौतिक सम्पति तथा बिलाशी सामान उपाहारको रुपमा प्राप्त हुनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरिमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top