क्रोएसियाकी राष्ट्रपति ग्ल्यामर्सकै कारण सधैँ चर्चामा

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २६ गते आइतवार काठमाडौं

 

युरोपियन राष्ट्र क्रोएसियाकी राष्ट्रपति सधैँ चर्चामा रहन्छिन् । राष्ट्रप्रमुख भएका कारण पदीय हैसियतमा उनी चर्चित हुनु स्वभाविक हो । त्यो भन्दा पनि उनको ग्ल्यामर्सका कारण झन बढी चर्चा चुलिन्छ ।

 

 

राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक कुनै मोडल वा हिरोइन् भन्दा कम छैनन् । उनलाई हिरोइन् वा राजनीतिज्ञ भनेर जनतालाई छुट्याउनै गाह्रो पर्छ । कोलिन्दा क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन् र उनी फेव्रअरी २०१५ मा राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

 

 

४७ वर्षीय राष्ट्रपतिको विवाह १९९६ मा जैकव कित्राविकसँग भएको हो । उनी दुई सन्ताकी आमा पनि हुन् ।

 

 

२०१८ को विश्वकप फुटबल ताका उनी निकै चर्चामा आएकी थिइन् । विश्वकप फुटबलको फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४–२ गोल अन्तरले पराजित भएपछि उनले आफ्ना प्रत्येक खेलाडीलाई अँगालो हालेर सान्त्वता दिइएकी थिइन् ।

 

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top