ज्येष्ठ २६ गते आईतबार देखी ज्येष्ठ ३२ गते शनिबार सम्मको साप्ताहिक राशिफल

ज्योतिषी दुर्गा भण्डारी २०७६ जेठ २५ गते शनिवार सिन्धुली

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :-  बुधबारसम्मको समय राम्रो रहेकोले वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । बिहिबारसम्मको समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गर्नुपुर्व आवस्यक तयारि राम्रो सँग गर्नुहोला । गोप्यता भङग हुने तथा आफन्त सँग बिवाद बढ्नेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटि र अशान्ति छाउँनेछ । अन्य व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । मंगलबारबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा विलाशी वस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :-  साताको सुरु र अन्तको समय राम्रो रहेकोले आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ । आटिला तथा पुरुशार्थि काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निश्कन शकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउँन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिस सँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारि साधनको विषयमा विवाद गर्नुपर्ला । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । बिहीबार र शुक्रबारको समय राम्रो रहेकोले राजनितिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आईतबार र सोमबारबो समय मध्ययम रहेकोले राजनिति तथा समाजेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् । मंगलबारबाट समय राम्रो रहेकोले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- आईतबार र सोमबारको समय मध्ययम रहेकोले स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । मंगलबारबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुचना प्रबृधिको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- बुधबारसम्मको समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात पार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिका काममा ढिलासुस्तिको चपेटामा परिनेछ । कार्यक्षेत्रमा तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । बिहीबारबाट समय राम्रो रहेकोले नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्त सँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनितिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ । मंगलबारबाट शुक्रबारसम्मको समय राम्रो रहेकोले समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आईतबार र सोमबारको समय मध्ययम रहेकोले व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । मंगलबारबाट समय राम्रो रहेकोले भाग्यले साथ दिने हुनाले सानो लगानि तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । बिशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउँनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथिभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउँनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले सामान्य कुरामा अलमलिदा उपलब्धिमुलक कामहरु गुम्नसक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब सिर्जना हुनेछ । ऋण,रोग तथा संकटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि प्रयन्त गर्दा नसोचेको धन तथा सम्पति प्राप्त हुने ग्रहयोग रहेकोछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले सरकारि काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । खानपान तथा बाताबरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top