परियोजना सफलतामा ढिलाई

सम्पादकीय २०७६ जेठ २४ गते शुक्रवार सिन्धुली

 

देशमा संचालनमा रहेको साना तथा ठूला परियोजनाहरु समयमै समाप्त हुन सकिरहेको छैन । केपी ओलीको सरकार आएपछि ढिलासुस्ती, अवरोध लगायत रोकिएका परियोजनाले पुर्णता पाउने आश गरेपनि जुन जोगी आए पनि कानै चिरेको सरह भएको छ । तीन दशकदेखि शुरु गरिएको मेलम्ची खानेपानीले अहिलेसम्म पुर्णता पाएको छैन । काठमाडौँबासीलाई विगत तीन दशकदेखि मेलम्चीको पानीको आशा देखाएपनि नेतृत्वकर्ताहरु असफल हुदैँ गएको छ । तीन दशकमा थुप्रै प्रधानमन्त्रीहरु फेरि सकेका छन् । एउटा महत्वकांक्षी परियोजना समयमै सम्पन्न गर्न राज्य असफल हुदैँ गएको छ जस्को विरोध व्यापक भइरहेको छ । सम्पन्न हुनै लागेको परियोजनामा राजनैतिक हस्तक्षेप लगायत केहि स्वार्थी व्यक्ति र समूहको चलखेलका कारण साना तथा ठूला परियोजनाहरु सम्पन्न हुन सकेका छैनन् ।

 

 

कहिले स्थानियको अवरोध त कहिले ठेकेदार कम्पनीनै भाग्दा परियोजनाहरु समयमै सम्पन्न हुन सकेको छैन । अझ उदेक लाग्दो त के छ भने सरकारले त्यस्ता कम्पनीको अनुसन्धान पनि गर्न नसकेको अवस्था छ । देशको ठूलो आर्थिक हिस्सा लगानी गरेपनि प्रतिफल सन्तोषजनक हुन सकिरहेको छैन । तसर्थ, परियोजनाहरु समयमै सम्पन्न गराउनकालागि जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । अतः देशमा शुरु गरिएका विभिन्न परियोजनाहरुको सफलताकालागि राज्य पक्षले आवश्यक कदम चाल्न जरुरी छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top